मुख्य समाचार
अस्ट्रेलियाली दूतावासले अस्ट्रेलिया जान चाहने नेपाली नागरिकहरूलाई भिसासम्बन्धी ठगी र दलालहरूको झुटा आश्वासनबाट सावधान रहन आग्रह
अस्ट्रेलियाली दूतावासले अस्ट्रेलिया जान चाहने नेपाली नागरिकहरूलाई भिसासम्बन्धी ठगी र दलालहरूको झुटा आश्वासनबाट सावधान रहन आग्रह

। नेपालस्थित अस्ट्रेलियाली दूतावासले अस्ट्रेलिया जान चाहने नेपाली नागरिकहरूलाई भिसासम्बन्धी ठगी र दलालहरूको झुटा आश्वासनबाट सावधान रहन आग्रह गरेको छ।

दूतावासले शतप्रतिशत भिसा ग्यारेन्टी गर्ने, मोटो रकम अग्रिम माग्ने, पर्यटक भिसामा पनि काम गर्न पाइने वा अस्ट्रेलिया पुगेपछि सजिलै अर्को भिसामा परिणत गर्न सकिने जस्ता प्रलोभन देखाउने एजेन्टहरूदेखि सचेत रहन चेतावनी दिएको छ।

यस्ता प्रलोभन र झुटा आश्वासनमा पर्दा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने मात्र नभई व्यक्तिगत विवरण चोरी हुने र अस्ट्रेलिया पुगेर गैरकानुनी रूपमा काम गर्न बाध्य पारिने जोखिमसमेत रहने दूतावासले प्रस्ट पारेको छ।

भिसासम्बन्धी आधिकारिक र तथ्यपूर्ण जानकारीका लागि अस्ट्रेलियाको गृह मामिला विभागको आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न दूतावासले सुझाएको छ।

साथै, अध्यागमनसम्बन्धी सहायता आवश्यक परेमा दर्ता भएका आधिकारिक माइग्रेसन एजेन्टमार्फत मात्र काम गर्न सल्लाह दिइएको छ।

त्यस्तै, भिसा आवेदनका क्रममा गलत विवरण वा नक्कली कागजात पेस गरेमा भिसा रद्द हुने, भविष्यको भिसा आवेदनमा गम्भीर असर पर्ने, प्रतिबन्ध समेत लाग्न सक्ने र अन्य कडा कानुनी कारबाहीसमेत भोग्नुपर्ने चेतावनी दूतावासले दिएको छ।

के भन्छ दूतावास ?

अस्ट्रेलियाको भिसा शतप्रतिशत ग्यारेन्टी गर्ने र ठूलो रकम अग्रिम माग्ने दलालहरूबाट सावधान रहनुपर्छ। यस्ता ठगीमा पर्दा आर्थिक नोक्सानी हुने, व्यक्तिगत विवरण चोरी हुने र असुरक्षित श्रम शोषणमा पर्ने उच्च जोखिम हुन्छ।
अस्ट्रेलियाको भिसा प्रदान गर्ने एकमात्र आधिकारिक निकाय अस्ट्रेलिया सरकारको गृह मामिला विभाग मात्र हो।
पर्यटक वा ट्रान्जिट भिसामा अस्ट्रेलिया गएर काम गर्नु गैरकानुनी हो। यस्तो प्रयास गरेमा सिधै प्रवेश निषेध गरी स्वदेश फर्काइन्छ। विद्यार्थी भिसामा पनि काम गर्ने समयसीमा (घण्टा) तोकिएको हुन्छ।
भिसा आवेदनमा भरिने आफ्नो नाम, जन्ममिति, आपराधिक रेकर्ड लगायतका सम्पूर्ण विवरणको सत्यताको जिम्मेवारी स्वयम् आवेदकको हुन्छ। एजेन्टले झुटो विवरण वा नक्कली कागजात पेस गरेमा भिसा रद्द हुने, जरिवाना लाग्ने र भविष्यमा अन्य देशको भिसासमेत नपाउने गरी रेकर्ड बिग्रिन्छ।
सामाजिक सञ्जाल (ह्वाट्सएप वा फेसबुक) मार्फत सम्पर्क गर्ने, राहदानी माग्ने, आवेदनमा झुटो बोल्न लगाउने, इमी एकाउन्टको पहुँच नदिने र एमएआरएन दर्ता नम्बर नभएका एजेन्टहरू पूर्ण रूपमा ठग हुन्।
अस्ट्रेलिया पुगेपछि काम गर्न पाइन्छ भन्दै प्रोटेक्सन भिसाको दुरुपयोग नगर्न कडा चेतावनी दिइएको छ। यो भिसा वास्तविक शरणार्थीका लागि मात्र हो; नक्कली दाबी गरेमा छिट्टै अस्वीकृत हुने, आजीवन रेकर्ड बिग्रिने र जेल सजायसमेत हुन सक्ने जोखिम रहन्छ।
भिसासम्बन्धी सही जानकारीका लागि सरकारी वेबसाइट र ओएमएआरए (अफिस अफ माइग्रेसन एजेन्ट्स् रजिस्ट्रेसन अथोरिटी) मा दर्ता भएका आधिकारिक एजेन्टहरूको मात्र भर पर्न सुझाव दिइएको छ। अवैध जलमार्ग वा अन्य देश हुँदै लुकेर अस्ट्रेलिया प्रवेश गर्न खोज्नेलाई आजीवन प्रतिबन्ध लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । पेन्सन तथा उपदान सरकारी सेवा ...
। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझेर कार्यकर्तास्तरसम्म लैजाने निर्णय गरेको छ । बिहीबार केन्द्रीय समिति बैठकअघि बसेको सचिवालय बैठकले यो निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने, ...
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम