मुख्य समाचार
मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताए
मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताए

। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका हुन् ।

हाल भन्सार क्लियरेन्सको समय छोट्याउन अर्थ मन्त्रालय, बाटोको जाम व्यवस्थापनका लागि गृह मन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा हप्ताको १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उनले जानकारी दिए

उनले हाल मुलुकमा पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको स्पष्ट पारे । उनले ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाई अनावश्यक खर्च कटौती गर्ने तथा मौज्दात व्यवस्थापनलाई वैज्ञानिक बनाइने उल्लेख गरे ।

उनले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका लागि मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली, २०७१ (संशोधित सहित) बमोजिम स्रोतको परिचालन गरिएको जानकारी दिए ।

मूल्य निर्धारणमा लागत संरचना, अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर तथा कर र शुल्कको प्रभावलाई पारदर्शी रूपमा विश्लेषण गर्ने गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।
। एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन् । भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन ...
। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले बताए । डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको स्पष्ट ...
। स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम