मुख्य समाचार
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

। स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार नगरपालिका–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङको रहेका छन् ।

त्यस्तै, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भीरकोट नगरपालिका–२ दहथुम बस्ने ४३ वर्षीया रसमाया गुरुङ र भीरकोट नगरपालिका–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन् ।

जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।
। एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन् । भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन ...
। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले बताए । डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको स्पष्ट ...
। परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताएका छन्। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालले भौगोलिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम