मुख्य समाचार
एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट
एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट

। एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन् ।

भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए ।

यसैगरी, अबको कोरिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उनले जानकारी गराएको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको बताए ।

एडीबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताए । ्

ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडीबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्याङ्कन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए ।

भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडीबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए ।

मन्त्री श्रेष्ठले यस्ता अध्ययन अन्य बेसिनहरूमा पनि गर्नुपर्नेमा जोड दिए । यसमा एडीबीको सहयोग महत्वपूर्ण हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन्। राष्ट्रसंघको महासभामा शुक्रबार बिहान बोल्दै उनले विपद्‍मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्यांक प्रस्तुत गरे। सन् २०१५ ...
सर्वप्रथम, यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा महासचिवज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, यस सभाकक्षभित्र र बाहिर व्यक्त गरिएको ऐक्यबद्धताका लागि विश्व समुदायप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। म केही वर्षअघि—तीन वर्षअघि—सगरमाथाको फेदीबाट महासचिवज्यूले दिनुभएको एउटा सन्देश स्मरण गर्न चाहन्छु। उहाँले विश्वलाई यो पागलपन रोक्न आह्वान गर्दै भन्नुभएको थियो कि, नेपालको हिमालहरू सहयोगका लागि चिच्याइरहेका ...
। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालीन बैठकमा मन्त्री खनाल सहभागी भएका हुन् । बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान ...
। अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । उनका अनुसार वर्षा भइरहेकाले ...
। लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम