मुख्य समाचार
वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिए
वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिए

: सप्तकोशी नदीमा शुक्रबार बिहानैदेखि पानीको बहाव निरन्तर बढिरहेको छ। पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ। सप्तकोशी नदीमा शुक्रबार ४ बजेको माप्न अनुसार पानीको बहाव प्रतिसेकेन्ड २ लाख ५४ हजार ६० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।

सप्तकोशी नदिमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहावलाई खतरा मानिने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको छ।पानीको बहाव निरन्तर बढ्दै गए पनि ब्यारेजका सबै ढोका नखोलिएको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रबंशीले सप्तकोशीमा पानीको बहाव बढ्दै गएकाले आसपासका बस्तीका नागरिकमा त्रास बढेको बताए।उनले तत्काल कोशी ब्यारेजका ५६ ढोका खोलेर नदि तटिय क्षेत्रका नगारिकको सुर
बिही ब्यवस्था मिलाउन माग गरेका छन् ।


बिहिबारदेखि देशभर वर्षा भइरहेको छ। पूर्वी पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकाले सप्तकोशी नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले सप्तकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए।उनका अनुसार नदीको बहाव बढ्दै गएकाले सम्भावित बाढी तथा अन्य घटनालाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाअन्तर्गत सप्तकोशी नदी आसपासका क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीको उद्धार टोलीसमेत परिचालन गरिएको प्रहरी निरीक्षक ओलीले बताए।
उद्धार टोलीलाई आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको ओलीले बताए। लगातारको वर्षाका कारण नदीमा पानीको सतह र बहाव थप बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी आसपास नजान र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।

सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजबाट पूर्व–पश्चिम चल्ने सवारीसाधन सञ्चालनमा समेत सतर्कता अपनाइएको छ। ब्यारेज क्षेत्रमा पानीको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी बढाएका छन्। सप्तकोशीमा शुक्रबार बिहानैदेखि पानीको बहाव क्रमिक रूपमा बढिरहेको र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझ बढ्न सक्ने आकलन गरिएको छ। त्यसलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निरन्तर वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित भएको छ । पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको डोटीसम्म सडक अवरुद्ध, नदीमा उच्च बहाव, राजमार्ग क्षतिग्रस्त र हवाई उडान प्रभावित बनेका छन् । पछिल्लो अवस्थाले देशका दर्जनौं जिल्लामा विपद् जोखिम उच्च रहेको देखाएको छ । पाँचथर, इलाम र ताप्लेजुङ क्षेत्रमा खोलानाला बढेसँगै बाढीको जोखिम बढेको छ । स्थानीय प्रशासनले तटीय ...
: बाराको कोल्हबीमा शुक्रबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका-३ जुगुवाका १० वर्षीय बालक आकाश रामको मृत्यु भएको हो । उनलाई टीभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको हो । बालकलाई तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ...
। मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । सरकारी निकायहरूले सचेत रहन आग्रह गरेका छन् ।
। ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात झारलको सिकार गरिने छ । ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । विश्वका धनाश्य ...
: रौतहटको मौलापुर नगरपालिका-४ स्थित लालबकैया पुलबाट शुक्रबार दिउँसो हामफालेका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारा सिम्रौनगढ नगरपालिका-११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव रहेका छन् । उपचारका लागि आफ्नो दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा बसेर रौतहटतर्फ जाँदै गरेका बेला सचिन्द्रले पुलबाट खोलामा हामफालेका थिए । त्यसयता अज्ञात रहेका उनको खोजी भइरहेको छ । जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम