मुख्य समाचार
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु

। ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात झारलको सिकार गरिने छ ।

ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।

विगत केही दशकदेखि खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्सलगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाबाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो ।

ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । यस वर्षको पहिलो याममा राजस्व बुझाउने काम भइरहेको छ ।

गत वर्ष एउटै नाउरको रु २० लाख मूल्य कायम भएको जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत बरालले यो वर्ष आरक्षभित्र रहेका नाउर र झारलको गणना गरिने जानकारी दिए।

विदेशी सिकारी हेलिकप्टरमार्फत सिधैँ सिकार आरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक कायम गरिएको छ ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनेछन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दैआएको छ । विदेशी सिकारी समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेल्नुपर्ने छ ।

विभागका अनुसार दोस्रो याम फागुनदेखि वैशाखसम्मका लागि सिकार गर्न अनुमति प्रदान गरिने छ । विसं २०४४ मा स्थापित आरक्षण पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्ष कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ ।

गत वर्षमा ढोरपाटन सिकार आरक्षमा क्षेत्रमा ३७ हजार आन्तरिक र बाह्य पर्यटक अवलोकनका लागि पुगेको आरक्ष कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ११ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा ...
: काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहोर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन कार्यमा असहजता उत्पन्न भएको जनाएको हो। महानगरले केही समयका लागि फोहोर संकलन तथा ढुवानी ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । देउवा समूहले २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजकहरू पनि तोकिसकेका छन् । महाधिवेशनका लागि गठन गरिएको कोइराला ...
सिमराः सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका –१४ का १८ वर्षीय राजन पासवान ...
: वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र नेपालका लागि यूएईका राजदूतबीच भएको भेटघाटमा शुल्क घटाउने निर्णय भएको हो। भेटका क्रममा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा छलफल हुनुका साथै नेपाली श्रमिकलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम