मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को सार्वजनिक वरियतामा नेपालको वरियता २ स्थान सुधार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को सार्वजनिक वरियतामा नेपालको वरियता २ स्थान सुधार

: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को शुक्रबार सार्वजनिक वरियतामा नेपालको वरियता २ स्थान सुधार भएको छ।

नेपाल १६ औं स्थानबाट १४ औं स्थानमा उक्लिएको हो। नेपाल लामो समयदेखि १६ औं स्थानमा यथावत रहेको थियो।

नेपालले आज अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। आज नै सार्वजनिक भएको वरियतामा नेपालको स्थान सुधार भएको तालिका सार्वजनिक भएको हो।

टी–२० अन्तर्राष्ट्रिय शिर्ष ८ मा रहेका टोलीको वरियता यथावत रहेको छ। शिर्ष ९ मा रहेको अफगानिस्तान आज नेपालसँग हार्दै १० औं स्थानमा ओलिएको छ। श्रीलंका भने नवौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक हात पारेको छ। शुक्रबार भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१–१७ ले पछि परेको नेपाल दोस्रो हाफमा १७–७ ले पछि रह्यो। सेमिफाइनल प्रवेश गरेपछि नेपालले कास्य पदक पक्का गरेको ...
: २० औं एसियन गेम्स २०२६ को पुरुष क्रिकेट तर्फ समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ। नेपालले अफगानिस्तानविरुद्ध ५ विकेटको जित दर्ता गरेको हो। जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। अफगानिस्तानले दिएको १०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.२ ...
। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्तस डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् । इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा शुक्रबार भएको खेलमा प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो । नेपाली जोडीले पहिलो सेट १४–२१ र दोस्रो सेट ९–२१ ले गुमायो । यस्तै, ...
। जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ । नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो । यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम