मुख्य समाचार
ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना
ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्।

रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गरे। सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताए।

सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा दुई नेताबीच छलफल भएको थियो । ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलिकप्टर तथा त्यसका लागि निर्माण गरिएको नयाँ हेलिप्याडसमेत देखाएका थिए।

रात्रिभोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षिणी भागमा निर्माण भइरहेको नयाँ बलरुमबारे चर्चा गर्दै सहभागीहरूलाई निर्माणस्थल अवलोकन गर्न निम्तो दिए। उनले उक्त संरचनालाई ‘ग्रेट हल अफ द पिपल’ सँग तुलना गरे। ‘ग्रेट हल अफ द पिपल’ मा सीले गत मेमा ट्रम्पका लागि राजकीय रात्रिभोज आयोजना गरेका थिए।

रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका एलन मस्क, गुगल तथा अल्फाबेटका सुन्दर पिचाइलगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी थिए।

ट्रम्पले सीलाई आफू र प्रथम महिला मेलानिया ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिए ।

रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परिकार, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाइलगायतका खाना राखिएको थियो । ट्रम्पले बुधबार सी र उनकी श्रीमती पेङ लियुआनलाई संयुक्त बेस एन्ड्र्युजमै पुगेर स्वागत गरेका थिए।

यसअघि मेमा बेइजिङ भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पिपल’ मा राजकीय रात्रिभोज आयोजना गरेका थिए। सन् २०१५ मा भने तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले त्यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरे। ...
। कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ। कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ। पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए। तीमध्ये तीन जनालाई उद्धार गरिएको ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्। उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’ उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक काँतर यहाँ छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम