मुख्य समाचार
यूएई जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने
यूएई जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने

: वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र नेपालका लागि यूएईका राजदूतबीच भएको भेटघाटमा शुल्क घटाउने निर्णय भएको हो।

भेटका क्रममा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा छलफल हुनुका साथै नेपाली श्रमिकलाई सहज हुने गरी विभिन्न विषयमा सहमति र प्रतिबद्धता व्यक्त गरिएको संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिएका छन्।

संघले यूएई जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणको व्यवस्था पूर्णरूपमा हटाउन आग्रह गरेको थियो। तर, यो व्यवस्था यूएईको आन्तरिक सुरक्षासँग सम्बन्धित रहेकाले तत्काल पूर्णरूपमा हटाउन सम्भव नभए पनि शुल्क र समय घटाउने विषयमा राजदूतले सकारात्मक पहल गर्ने आश्वासन दिएका थिए। संघका अनुसार अक्टोबर २०२६ देखि यूएई जाने नेपाली श्रमिकको प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। साथै, यसअघि लामो समय लाग्दै आएको प्रमाणीकरण प्रक्रियालाई अब तीन दिनभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।

यूएई जाने नेपाली श्रमिकको प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्क ५० प्रतिशत घट्ने भएको छ।
लामो समय लाग्दै आएको प्रमाणीकरण प्रक्रिया अब तीन दिनभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ।
अक्टोबर २०२६ देखि नयाँ शुल्क लागू हुने।
नेपालबाट यूएई भिजिट तथा व्यावसायिक भिसामा जाने नागरिकलाई पनि प्रमाणीकरण नचाहिने व्यवस्था गर्न राजदूतले पहल गर्ने।
आगामी दिनमा नेपालबाट भिजिट तथा व्यावसायिक भिसामा यूएई जाने नेपाली नागरिकलाई प्रहरी प्रमाणपत्र प्रमाणीकरण गर्न नपर्ने व्यवस्थाका लागि समेत राजदूतले पहल गर्ने बताएका छन्।

भेटमा नेपाली श्रमिकको हवाई यात्रालाई सहज बनाउने विषयमा पनि छलफल भएको थियो। यूएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरिसकेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि छिट्टै नियमित उडान सञ्चालन गर्न आवश्यक पहल भइरहेको जानकारी राजदूतले गराएका थिए।

पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार भएमा उच्च हवाई भाडाका कारण भारत भई गन्तव्य मुलुक जान बाध्य नेपाली श्रमिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। संघले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा व्यवसायीहरूलाई पोखरा र भैरहवा विमानस्थलको प्रयोग बढाउन आग्रह गर्दै नियमित हवाई सेवालाई सहज, भरपर्दो र दीर्घकालीन बनाउन आवश्यक वातावरण निर्माणका लागि सम्बन्धित पक्षसँग अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। १२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ ...
: झापामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ का ४५ वर्षीय माइलो भनिने साइला माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधवार साँझ ७ बजे अर्जुनधारा ६ कप्तानबारीस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा प्र १–०१–०१७ प ६५२८ नम्बरको बुलेट मोटरसाइकलले पैदल यात्री माझीलाई ठक्कर दिएको हो ...
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपाने छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको ...
: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी स्थानिय त्रासदी मात्रै नभइ विश्वकै लागि चेतावनी भएको बताएका हुन्। 'साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो,जसलाई धेरैले ...
। प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम