: झापामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ का ४५ वर्षीय माइलो भनिने साइला माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बुधवार साँझ ७ बजे अर्जुनधारा ६ कप्तानबारीस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा प्र १–०१–०१७ प ६५२८ नम्बरको बुलेट मोटरसाइकलले पैदल यात्री माझीलाई ठक्कर दिएको हो गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएको र उनको उपचारका क्रममा राति ११ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक अर्जुनधारा १ का २८ वर्षीय सुमन लिम्बू र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।