। बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
१२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।