मुख्य समाचार
२०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपाल दोस्रो चरणबाट बाहिरिए
२०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपाल दोस्रो चरणबाट बाहिरिए

। २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन, रिहाना शेरचन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् ।

महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् ।

यस्तै, रिहाना श्रीलंकाकी वेइहेना लियानागे रनिथ्मा थिनुडीसँग २–० ले पराजित भइन् । रिहानाले दुवै सेटमा ९–२१ र ६–२१ को हार बेहोरेकी हुन् ।

यस्तै, पुरुष सिंगल्समा क्षितिज इरानका निमा रोस्तामपोरलागाल्दानीसँग २१–१४ र २१–९ ले पराजित भए । इरानी खेलाडीले २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाए ।

यससँगै एसियन गेम्सको ब्याडमिन्टन सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो । शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ...
: सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। उक्त प्रयोजनका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ नर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहीबार मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक हात पारेको छ। शुक्रबार भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१–१७ ले पछि परेको नेपाल दोस्रो हाफमा १७–७ ले पछि रह्यो। सेमिफाइनल प्रवेश गरेपछि नेपालले कास्य पदक पक्का गरेको ...
: २० औं एसियन गेम्स २०२६ को पुरुष क्रिकेट तर्फ समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ। नेपालले अफगानिस्तानविरुद्ध ५ विकेटको जित दर्ता गरेको हो। जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। अफगानिस्तानले दिएको १०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.२ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को शुक्रबार सार्वजनिक वरियतामा नेपालको वरियता २ स्थान सुधार भएको छ। नेपाल १६ औं स्थानबाट १४ औं स्थानमा उक्लिएको हो। नेपाल लामो समयदेखि १६ औं स्थानमा यथावत रहेको थियो। नेपालले आज अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। आज नै सार्वजनिक भएको वरियतामा नेपालको स्थान सुधार भएको तालिका सार्वजनिक भएको हो। टी–२० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम