मुख्य समाचार
ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय
ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्नेछ ।

रुसले युक्रेनमाथि प्रहार गर्ने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि किएभले यस्ता मिसाइलको अभाव झेलिरहेको छ । जेलेन्स्कीले पत्रकारहरूलाई पठाएको भ्वाइस नोटमा पछिल्लो भेटका क्रममा राष्ट्रपति ट्रम्पले आफूले अन्तिम निर्णय गरिसकेको र युक्रेनले प्याट्रियट मिसाइल उत्पादनको अनुमति पाउने बताएको जानकारी दिए।

यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई यस्तो अनुमति दिनु उपयुक्त हुने बताएका थिए । तर पछि उनले अनुमति दिनुअघि अमेरिकाले यस विषयमा ‘धेरै सावधानी’ अपनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

फेब्रुअरीमा अमेरिका र इजरायलबीच इरानसँग युद्ध भएपछि युक्रेनले प्याट्रियट इन्टरसेप्टर मिसाइलको थप अभाव सामना गर्नुपरेको जनाएको छ । त्यस क्रममा उन्नत हवाई प्रतिरक्षा प्रणालीका केही आपूर्ति अन्यत्र मोडिएको बताइएको छ ।

युक्रेनलाई उत्पादनको अनुमति प्राप्त भए पनि तत्काल आवश्यकताका लागि भने त्यसले पर्याप्त सहयोग नगर्ने देखिएको छ । नयाँ औद्योगिक उत्पादन क्षमता स्थापना गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने भएकाले किएभले आगामी जाडोअघि तत्काल सैन्य सहयोगका लागि अमेरिकासँग आग्रह गरिरहेको छ ।

रुसले युक्रेनको विद्युत् तथा ताप आपूर्ति संरचनामाथि बारम्बार आक्रमण गर्दै आएकाले आगामी हिउँदमा त्यस्ता आक्रमण दोहोरिन सक्ने चिन्ता किएभले व्यक्त गरेको छ । जेलेन्स्कीले गत महिना युक्रेनलाई हिउँद पार गर्न अमेरिकाको प्याट्रियट इन्टरसेप्टर मिसाइलको पाँच प्रतिशत र रुसका सबै ब्यालिस्टिक प्रक्षेपण रोक्न १० प्रतिशत आवश्यक पर्ने बताएका थिए।

यससँगै किएभले आफ्नै ब्यालिस्टिक मिसाइल प्रतिरोधी प्रणाली विकास गर्ने प्रयास पनि अघि बढाइरहेको छ । जेलेन्स्कीका अनुसार युक्रेनले ‘फ्रेयाम’ नामक आफ्नै प्रतिरक्षा प्रणाली निर्माणमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका ...
। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए। ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड ...
। इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, उनले ती सर्तको विस्तृत विवरण ...
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम