मुख्य समाचार
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै

। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए। महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताएका थिए।

उनले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको बताएका थिए।

प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राखेका थिए। ‘जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्याय र प्रक्रियागत न्यायको विषय हो’ भन्दै उनले जलवायु संकटको लागत कसले बेहोर्ने र कसको आवाज सुनिने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताएका थिए।

उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ । स्थानीय प्रशासनबाट अर्को ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशील मुलुकमा बढ्दो वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु संकट र ऋणको दबाबबीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न तीव्र कार्य आवश्यक ...
। रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० ...
। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारको ...
। प्राकृतिक विपद्मा बेपत्ता भएर शव नभेटिए लगत्तै मृत्यु दर्ता गर्न सक्ने गरी ऐन बनाइँदै छ । रसुवाको भोटेकोशीमा गएको बाढीपछिको अवस्थामा सरकारले यस्तो ऐन बनाउन लागेको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गयो । एक हजार चार सय बढीको शव फेला परेको छ । ६ हजार बढी वेपत्ता छन् । शव फेला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम