मुख्य समाचार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ

। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए ।

भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको रक्षापंक्तिको पछाडि पुगेका विलियम्सले गोलरक्षक मार्कोस रेयेसलाई छलाउँदै भारतलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफमा भारतले केही राम्रा अवसर सिर्जना गरेको थियो । आठौं मिनेटमा आकाश मिश्राको कटब्याकमा विलियम्सले प्रहार गर्ने अवसर पाए पनि सफल हुन सकेनन् । त्यसको १० मिनेटपछि विलियम्सको प्रहार थोरैले बाहिरियो भने आशिक कुरुनियनको प्रहार पनि पोस्टको बाहिरी जालीमा लाग्यो ।

दोस्रो हाफमा पानामाले आक्रमण बढायो । भारतका गोलरक्षक गुरप्रीत सिंह सन्धुले ५०औं मिनेटमा जियोभानी हर्बर्टको प्रयास रोकेर टोलीलाई अग्रता कायम राख्न मद्दत गरे ।

तर ६८औं मिनेटमा ओमार भ्यालेन्सियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो दूरीको प्रहार गोलमा परिणत गर्दै पानामालाई खेलमा फर्काए ।

त्यसपछि पानामाले अग्रता लिन दबाब बढाएको थियो । पानामाको एक प्रहार पोस्टमा लाग्यो भने गुरप्रीतले अर्को महत्वपूर्ण बचाउ गरे । भारतले पनि खेलको अन्तिमतिर गोलका अवसर बनाएको थियो ।

वैकल्पिक खेलाडी एडमन्ड लालरिन्दिकाको पासमा मनवीर सिंह गोलको नजिक पुगे पनि सफल हुन सकेनन् । अभिषेक सिंह टेकचामको प्रहार पनि लक्ष्यमा पुग्न सकेन ।

फिफा वरीयतामा १३८औं स्थानमा रहेको भारतले ४४औं स्थानको पानामाविरुद्ध बराबरी खेलेको हो । यसअघि भारतले बैंग्लुरुमै सन् २०२३ मा साफ च्याम्पियनसिप जितेको थियो ।

भारतले अब अक्टोबर ३ मा कोलकातामा पाँचपटकको विश्व विजेता ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको तीन दिनपछि सोही मैदानमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि क्लबमाथि कस्तो सजाय लाग्ने भन्ने विषयमा भने अझै फैसला भएको छैन । बीबीसीका अनुसार सिटी अधिकांश उल्लंघनमा दोषी ठहर भएको छ भने द एथलेटिक ले ११५ मध्ये एकबाहेक सबै आरोपमा ...
। २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो । शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ...
। २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन, रिहाना शेरचन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् । महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् । यस्तै, रिहाना श्रीलंकाकी वेइहेना लियानागे रनिथ्मा ...
: सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। उक्त प्रयोजनका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ नर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहीबार मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक हात पारेको छ। शुक्रबार भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१–१७ ले पछि परेको नेपाल दोस्रो हाफमा १७–७ ले पछि रह्यो। सेमिफाइनल प्रवेश गरेपछि नेपालले कास्य पदक पक्का गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम