। अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ ।
अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुन:निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षाका कारण रोशी खोलाले बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ११ र १२ का तीन स्थानमा डाइभर्सन बगाएको थियो ।
सडक डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढाएको जनाएको छ।
त्यस्तै बीपी राजमार्गको रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो पन्छाउने कार्य भईरहेको समेत सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेशले जानकारी दिए ।
अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।