मुख्य समाचार
ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार
ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् ।

रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् ।

इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट पुन: खोल्ने प्रस्ताव पठाएको समयमा उक्त रिपोर्ट सार्वजनिक भएको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्तहरू पूरा गरेपछि मात्रै होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया सुरु हुने बताएका थिए ।

यसै साता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्कीसमेत दिएका थिए । यद्यपि, पछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानसँग ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका ...
। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए। ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्नेछ । रुसले युक्रेनमाथि प्रहार गर्ने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि किएभले यस्ता मिसाइलको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम