मुख्य समाचार
लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध
लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध

। लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ ।

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ ।

प्रहरी निरीक्षक बस्यालका कारण कोरलानाकातर्फ मालसमान ढुवानी गर्न गएका र ढुवानी गरी फर्किएका कन्टेनर पहिरोले अवरुद्ध भएको स्थानमा अलपत्र परेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा पहिरो खसेर सडक अवरुद्ध भए पनि त्यहा डोजर परिचालन गरी सडक सञ्चालन गरिएको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

शुक्रबार रातिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार निरन्तर परेको वर्षाले बेनी–जोमसोम सडकको घाँसा बगर खोल्सामा सडक अवरुद्ध भइरहेको छ भने काभ्रेभीरमा सडक माथिबाट ढुङ्गा खस्ने क्रममा जारी रहेको छ । आयोजना प्रमुख शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा सडक माथि पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएपछि चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्भावित विपद् जोखिमको संवेदनशीलाई मध्यनजर गर्दै दिउँसोका समयमा यातायातका साधन नचलाउन अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ। वीरगन्जमा शुक्रबार आयोजित ‘नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन : सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल’ कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले उक्त कुरा पुष्टि गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग अर्थात सामाजिक सञ्जालमार्फत हुने अपरिचित अपरिचित व्यक्तिसँगको चिनजानले ...
। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगले जनाएको छ । आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे ...
: नेपाली सेनाको धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित भैरव गणमा सञ्चालित नौ महिने सैन्य आधार तालिम पूरा गरेका १ सय २ जना सैन्य दीक्षित भएका छन्। शुक्रबार आयोजित दीक्षान्त समारोहमा श्री मध्य पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायक रथी सुनिल सिंह राठौरले प्रमुख अतिथिका रूपमा तालिम पूरा गरेका सैन्यलाई सिपाही दर्जामा दीक्षित तथा सुशोभित गराएका हुन्। ...
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम