मुख्य समाचार
लगातारको वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध
लगातारको वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध

। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकखण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं ३ र ४ मा पर्ने अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्मा सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कर्णाली करिडोरका विभिन्न खण्ड प्रभावित

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो तथा लेदो सडकमा खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। वर्षाका कारण सडकमा माटो र लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ को पिना–ताल्चा सडकखण्डमा पनि पहिरो खसेपछि नाग्मा–गमगढी सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड पनि कर्णाली करिडोरअन्तर्गत पर्छ।

जाजरकोटका विभिन्न सडकखण्डमा समेत लगातारको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो । लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर ...
। ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो । दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रहरीका अनुसार ...
। नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको ...
। पहिरोले अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्णरुपमा अवरूद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ जिपलाoन नजिकै सडक माथीबाट ढुंगामाटो सहितको पहिरोका कारण पूर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रविन विष्टले जानकारी दिए । पहिरो खसेसँगै सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि वर्षा ...
। अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम