मुख्य समाचार
इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारे
इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारे

। इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले आफ्नो धारणा स्पष्ट पारेको हो ।

परिषद्ले हवाई प्रतिबन्धको जवाफमा इरानले सैन्य कारबाही गर्ने भन्ने दाबी सही नभएको जनाएको छ । साथै, आफूले अनुचित ठानेका केही हवाई प्रतिबन्ध हटाउन सम्बन्धित देशहरूसँग गम्भीर र निरन्तर संवाद भइरहेको जानकारी दिएको छ ।

परिषद्का अनुसार, प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्ने पक्षसँग सम्बन्धित विषयमा आवश्यक परे गैरसैन्य माध्यमबाट प्रतिक्रिया जनाउने विकल्पहरू पनि उपलब्ध छन् । यद्यपि, त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने इरानको अपेक्षा रहेको परिषद्ले जनाएको छ ।

यसअघि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधबारदेखि विश्वभरका इरानी एयरलाइन्सलाई बन्द गराउने बताएका थिए। उनले इरानी विमानलाई इन्धन, अवतरणसम्बन्धी सेवा वा टिकट बिक्रीलगायतका सेवा उपलब्ध गराउने कम्पनीमाथि समेत अमेरिकी प्रतिबन्ध लागू हुन सक्ने बताएका थिए।

अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा आएपछि बुधबार इरानको सरकारी टेलिभिजन आईआरआईबीसँग कुरा गर्दै रेजाइले विशेषगरी इरानका छिमेकी देशहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयनमा सहभागी नहुन आग्रह गरेका थिए।

इरानी पक्षले पछिल्लो स्पष्टोक्तिमार्फत हवाई प्रतिबन्धको विषयमा सम्बन्धित देशहरूसँग संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् । प्रहरीका अनुसार ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् । रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम