मुख्य समाचार
हालैको विपद्‌बाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)सँग सहयोग मागे
हालैको विपद्‌बाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)सँग सहयोग मागे

— अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको विपद्‌बाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)सँग सहयोग मागेका छन् ।

आइतबार दोहामा एआईआईबीका अध्यक्ष जोउ जियायीसँगको भेटमा वाग्लेले यस्तो आग्रह गरेका हुन् । भेटमा जोउले विपद्का कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई सहयोग गर्न एआईआईबी तयार रहेको बताएका थिए ।

नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा वाग्लेले एआईआईबीलाई धन्यवाद दिँदै राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको नेपाली दूतावास, दोहाले जनाएको छ ।

वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल एआईआईबीको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुँदैछ । दोहामा सोमबार र मंगलबार हुने बैठकको मुख्य विषय ‘टुमोरो’ज इन्फ्रास्ट्रक्चर : इम्प्याक्ट एन्ड इनोभेसन’ रहेको छ ।

वार्षिक बैठकमा सहभागी हुन वाग्ले आइतबार दोहा पुगेका हुन् । उनले आइतबार साँझ एआईआईबी अध्यक्षले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखका लागि आयोजना गरेको स्वागत समारोहमा पनि सहभागिता जनाए ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लाम्साल, मन्त्रालयका उपसचिव उपेन पाण्डे र दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि सोमबार १४ जनाको टोली परिचालन गरिएको छ । यसैबीच हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव चामे अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थलहुँदै शिक्षण अस्पतालमा ल्याइँदै छ । इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा ...
— केही दिनयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति भएको छ । यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सिधा सडक सम्पर्क टुटेको छ । लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क टुटेको हो । यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सडक बगाउँदा सवारी आवागमन ठप्प बनेको छ । पहुँच सडक बनाएर सवारी चलाउन अझै केही दिन ...
। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले मनाङको हिमलुङ हिमालमा कुल १६ जना बेपत्ता रहेकोमा दुई जना मृत फेला परेको बताएको छ । अझै १४ जना बेपत्ता छन् । एसोसिएसनका अनुसार हिमपहिरोका कारण १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको समेत एसोसिएसनको पछिल्लो अपडेटमा उल्लेख छ । संस्थाका अनुसार ...
। अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो । लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर ...
। ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो । दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रहरीका अनुसार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम