मुख्य समाचार
नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ
नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ

। नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ ।

आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम छैन । यसपटक प्रतियोगितामा स्कटल्यान्डले पनि खेल्दै छ ।

प्रतियोगितामा हङकङ, ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश छन् ।

अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ३ दिन हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा चल्ने प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तालिकासँग जुधेको छ ।

सोही कारण नेपाली टोली यसपटक सहभागी नहुने बुझिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसपटक सहभागिता कठिन देखिएको बताए ।

‘हाम्रो एनपीएल हुने समयमा हङकङ सिक्सेस हुने तय भएको छ यसपालि, टिम पठाउन कठिन देखिएको छ’ पारसले अनलाइनखबरसँग भने ।

नेपालले यसअघिका दुई संस्करणमा सहभागिता जनाएको थियो ।

हङकङ सिक्सेसका खेलहरू ६ ओभरको मात्र हुन्छन् र खेलाडी पनि ६ जना मात्र खेल्छन् जसको लक्ष्य हरेक बलमा छक्का प्रहार गर्नु हुन्छ । त्यहीकारण प्रतियोगिताको नाम नै ‘सिक्सेस’ राखिएको छ ।

यस खेलका लागि मैदान पनि तुलनात्मक रूपमा सानो हुन्छ । ६ जना मात्र खेलाडी खेल्ने हुँदा बलर र विकेटकिपरबाहेक फिल्डरहरू ४ जना मात्र हुन्छन् । त्यहीकारण ब्याटरहरू हरेक बलमा ठुलो शट खेल्छन् ।

ब्याटिङ र बलिङमा अर्को रोचक नियम छ । ब्याटरले ५० रन बनाएपछि स्वत: रिटायर हुनुपर्छ र अन्तिम विकेट बाँकी हुँदा मात्र फेरि फर्किएर खेल्न पाइन्छ । पाँच विकेट झरिसकेपछि पनि एकजना ब्याटर एक्लै खेल्न पाउँछन् र अर्कोले रनिङमा साथ दिन क्रिजमै बस्छन् ।

बलिङ पनि विकेटकिपर बाहेक सबैले गर्नुपर्ने हुन्छ र एकजनाले मात्र २ ओभर गर्न पाइन्छ ।

यो प्रतियोगिताका लागि विशेषत: अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका खेलाडीहरू समावेश गरेर टोली पठाइन्छ । ६ जना मात्र खेलाडी हुने हुँदा ब्याटिङ बलिङ दुवैमा सक्षम भएका खेलाडी चयन हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रिमियर लिगले सन् २०२३ को फेब्रुअरीमा म्यान्चेस्टर सिटीमाथि लगाएका ११५ वटा आर्थिक नियम उल्लङ्घनका आरोपहरूको मुद्दा अब निर्णायक चरणमा पुगेको छ । स्वतन्त्र प्यानलले अधिकांश आरोप प्रमाणित गरेको रिपोर्ट सार्वजनिक भएसँगै सिटीमाथि कस्तो कारबाही हुन्छ भन्ने प्रश्न उठेको छ । साथै, सिटीको गैरकानुनी वित्तीय लाभका कारण आफूहरू प्रभावित भएको दाबी गर्दै अन्य प्रिमियर लिग क्लबहरूले ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ३६ वर्षीय हम्जा तारिकले गर्नेछन् भने श्रेयस मोभ्भा उपकप्तान छन् । हम्जा तारिकले ७ वर्षपछि क्यानडाको एकदिवसिय टोलीमा पुनरागमन गर्न लागेका हुन् । उनले सन् २०११ मा अफगानिस्तानविरुद्ध ओडीआई डेब्यू गरेका थिए भने ...
। प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि अन्य क्लबहरूले क्षतिपूर्तिको दाबी गर्ने सम्भावनाबारे कानुनी परामर्श लिन थालेका छन् । बीबीसी स्पोर्टका अनुसार स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि सिटीमाथि लाग्ने सजाय भने अझै तय भएको छैन । बीबीसीका अनुसार सिटीविरुद्ध लगाइएका ११५ आर्थिक आरोपमध्ये अधिकांशलाई प्यानलले सदर गरेको छ । द एथलेटिकले ११५ ...
। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए । भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको ...
। इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि क्लबमाथि कस्तो सजाय लाग्ने भन्ने विषयमा भने अझै फैसला भएको छैन । बीबीसीका अनुसार सिटी अधिकांश उल्लंघनमा दोषी ठहर भएको छ भने द एथलेटिक ले ११५ मध्ये एकबाहेक सबै आरोपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम