मुख्य समाचार
हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित
हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित

। हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ हराइरहेका छन् ।

अहिलेसम्म ४ जनाको शव भेटिएको छ । हिमपहिरो लगत्तै एसोसिएसनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो । हिमलुङ आधार शिविरमा गएको विशाल हिमपहिरोका कारण आधार शिविर १४ फिटसम्म बाक्लो हिउँले ढाकिएको समेत एसोसिएसनले जनाएको छ ।

मिङ्मा जी नेतृत्वमा ८ जनाको उद्धार टोलीले कठिन परिस्थितिमा समेत साहसिक खोज तथा उद्धारको काम गरेको थियो । तर, अब हिमलुङ हिम पहिरोमा जीवित उद्धारको सम्भावना नभएपछि टोलीले उद्धारको काम रोकेको छ ।

एसोसिएसनका अनुसार हिउँ र हिमालको अवस्था हेरी पुनः उत्खननको काम गरिने समेत एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन्। सोमबार संसद भवन सिंहदरबारमा श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख गरे। प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको जानकारी दिए। हालैको ...
— मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी तथा उद्धारका लागि सोमबार १४ जनाको टोली परिचालन गरिएको छ । यसैबीच हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव चामे अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थलहुँदै शिक्षण अस्पतालमा ल्याइँदै छ । इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा ...
— अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको विपद्‌बाट भएको क्षतिपछि राहत र पुनर्निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)सँग सहयोग मागेका छन् । आइतबार दोहामा एआईआईबीका अध्यक्ष जोउ जियायीसँगको भेटमा वाग्लेले यस्तो आग्रह गरेका हुन् । भेटमा जोउले विपद्का कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई सहयोग गर्न एआईआईबी तयार रहेको बताएका थिए ...
— केही दिनयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति भएको छ । यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सिधा सडक सम्पर्क टुटेको छ । लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क टुटेको हो । यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सडक बगाउँदा सवारी आवागमन ठप्प बनेको छ । पहुँच सडक बनाएर सवारी चलाउन अझै केही दिन ...
। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले मनाङको हिमलुङ हिमालमा कुल १६ जना बेपत्ता रहेकोमा दुई जना मृत फेला परेको बताएको छ । अझै १४ जना बेपत्ता छन् । एसोसिएसनका अनुसार हिमपहिरोका कारण १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको समेत एसोसिएसनको पछिल्लो अपडेटमा उल्लेख छ । संस्थाका अनुसार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम