मुख्य समाचार
इरानको एक पुनरावेदन अदालतले प्रसिद्ध गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजायलाई यथावत
इरानको एक पुनरावेदन अदालतले प्रसिद्ध गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजायलाई यथावत

। इरानको एक पुनरावेदन अदालतले प्रसिद्ध गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोरा हान्ने सजायलाई यथावत राखेको छ। अहमदीका वकिलहरूले पुनरावेदन अदालतले बिनाकुनै सुनुवाइ तल्लो अदालतको निर्णयलाई सदर गरेको जानकारी दिएका छन्।

२९ वर्षीया गायिका अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा ‘स्लिभलेस’ (हाफ बाहुला) लुगा लगाएर र हिजाबविना लाइभस्ट्रिम कन्सर्ट प्रस्तुत गरेकी थिइन्। सो कन्सर्टको भिडियो भाइरल भई लाखौँ पटक हेरिएपछि इरानी न्यायपालिकाले उनीविरुद्ध कानुनी कारबाही अघि बढाएको थियो। न्यायपालिकाले उक्त प्रस्तुतिलाई “देशको कानुनी र सांस्कृतिक नियमको उल्लङ्घन” भनेको थियो

गत जुन महिनामा कुमको एक फौजदारी अदालतले अहमदीका साथै उनको ब्यान्ड र प्रोडक्सन टोलीका आठ जना सदस्यहरूलाई “अश्लील र आपत्तिजनक सामग्री” प्रकाशित गरेको अभियोगमा दोषी ठहर गरेको थियो।

अदालतले ७४ कोरा हान्ने सजायका अतिरिक्त अहमदीलाई दुई वर्षसम्म कुनै पनि श्रव्य-दृश्य गतिविधिमा सहभागी हुन र देश छाड्न प्रतिबन्ध लगाएको थियो।




अहमदीका एक वकीलले बीबीसीसँग कुरा गर्दै भने, “हाम्रो नजरमा कन्सर्ट आयोजना गर्नु कुनै अपराध नै थिएन। तल्लो अदालतले यस अभियोगमा कानुनमा भएका अन्य जरिवाना वा कम कडा सजायको विकल्प हुँदाहुँदै पनि सबैभन्दा कडा सजाय सुनायो। पुनरावेदन अदालतले सुनुवाइ गर्ने विकल्प हुँदाहुँदै पनि बिनासुनुवाइ सो निर्णयलाई सदर गरिदियो। यस्तै घटना पुनः दोहोरिन नदिनका लागि यो फैसला सुनाइएको देखिन्छ।”

सुरुवाती सजायको खबर बाहिरिएपछि इरानी नागरिकहरू र मानवाधिकारवादीहरूले तीव्र आक्रोश व्यक्त गरेका थिए।

निर्वासित जीवन बिताइरहेकी प्रसिद्ध इरानी गायिका गुगुशले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “उम्मीद छ यी अँध्यारा दिनहरू अन्त्य हुनेछन्। महिलाहरूले पुनः कसरी बाँच्ने र के लगाउने भन्ने निर्णय गर्ने स्वतन्त्रता पाउनेछन् र हाम्रो मातृभूमिमा कला फेरि फस्टाउनेछ।”

वरिष्ठ संगीतकार हुसेन अलिजादेहले परस्तु अहमदीको सट्टा आफू ७० कोरा खान तयार रहेको बताएका थिए। मानवाधिकार संस्था एमनेस्टी इन्टरनेसनलले कोरा हान्ने सजाय क्रूर, अमानवीय र अपमानजनक भएको भन्दै यसको कडा निन्दा गरेको छ।

यसअघि जनवरी २०२४ मा पनि कुर्द-इरानी अभियन्ता रोया हेशमतीलाई बिनाहिजाबको तस्बिर पोस्ट गरेको अभियोगमा ७४ कोरा हानिएको थियो। इरानको कानुन शरिया सिद्धान्तमा आधारित छ। यसअनुसार किशोरावस्था पार गरेका महिला तथा बालबालिकाहरूका लागि सार्वजनिक स्थानमा कपाल ढाक्ने हिजाब र शरीरको बनावट नदेखिने खुकुलो लुगा लगाउनु अनिवार्य छ।

सन् २०२२ मा २२ वर्षीया कुर्द महिला महसा अमिनीको ‘नैतिक प्रहरी’ (मोरालिटी पुलिस) को हिरासतमा मृत्यु भएपछि इरानभर विशाल विरोध प्रदर्शन भएका थिए। त्यसयता धेरै इरानी महिलाहरूले सार्वजनिक स्थानमा हिजाब नलगाई नियमको खुला उल्लङ्घन गर्दै आएका छन्।

हालै हिजाब सम्बन्धी कानुनबारे बोल्दै रूढिवादी नेता गुलामअली हद्दाद-आदिलले इरानको अमेरिका र इजरायलसँग युद्ध चलिरहेकाले अधिकारीहरूले हाल यस मोर्चामा पूर्ण ध्यान दिन नसकेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। इरान र उसका सहयोगीहरूको अहिले इराकमा गहिरो प्रभाव छ। इराकी सुरक्षा विज्ञहरूका अनुसार, यो फिर्ती सन् २०२४ मा राष्ट्रपति जो बाइडेनको पालामा तय भएको थियो। इरानविरुद्ध युद्ध लडिरहेको भए पनि डोनाल्ड ट्रम्पको प्रशासनले ...
। अस्ट्रेलियामा डेबिट वा क्रेडिट कार्डमार्फत सामान खरिद तथा भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क आगामी अक्टोबरदेखि पूर्ण रूपमा हट्ने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले कार्ड प्रयोग गरेकै कारण उपभोक्ताले थप शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गरिने घोषणा गरेका हुन्। यो नियम सन् २०२६ को अक्टोबर १ देखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार पसल, क्याफे वा रेस्टुरेन्टमा सामानको जति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँगको छलफलपछि एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा गरेका छन्। यस सम्झौताले एआई प्रविधिको सुरक्षा र जोखिम नियन्त्रणको मुख्य जिम्मेवारी सम्बन्धित कम्पनीहरूलाई नै सुम्पेको छ। मुख्य एआई कम्पनीहरूले फ्रन्टियर मोडलहरूको तालिम तथा सञ्चालनका क्रममा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक्सियोस’ सँग कुरा गर्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनलाई प्रशासनको नयाँ ‘एआई जार’ बनाउन सकिने सङ्केत गरेका छन्। एआईका क्षेत्रमा सरकारी नियन्त्रण र नियमनको माग बढिरहेका बेला ट्रम्पले यस पदका लागि उपयुक्त पात्रको खोजी गरिरहेका हुन्। एआई सम्बन्धी नेतृत्व कसलाई दिने भन्ने प्रश्नमा ट्रम्पले ‘मेरो दिमागमा एक जना व्यक्ति हुनुहुन्छ’ भन्दै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनमा कुराकानी गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले उनलाई विमानभित्र भएको घटनाबारे जानकारी गराएको बताए । उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए। ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’को संज्ञा दिँदै सह-पाइलट सम्भवतः आतंकवादी भएको वा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम