मुख्य समाचार
समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन
समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन

। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

समितिले सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो ।


समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन (ढुवानी प्रयोजनमा रहेका सवारीसाधनसमेत) जुन अवस्थामा छन्, त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ ।

सूचनामा तोकिएको समयमा सवारीसाधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम अधिकार प्रयोग गरी सवारीसाधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर, राहदानीलगायतका सम्पत्ति रोक्का राखी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।

समितिको सूचनाअनुसार सवारीसाधन बुझाउनुपर्ने सूचीमा निम्न समस्याग्रस्त सहकारी तथा सम्बन्धित संस्था रहेका छन् :

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति कति हुनुपर्छ ? यो बहस संसदीय समितिमा पुगेको छ । संसद्‌मा विचाराधीन एउटा विधेयकले क्षतिपूर्तिको सीमा बढाउने प्रस्ताव गरेपछि यसको अर्को पाटो पनि बहसमा आएको छ, यात्रुको सुरक्षा र परिवारको आर्थिक अधिकार सुनिश्चित गर्दा त्यसको लागत अन्ततः कसले बेहोर्ने ? राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको ...
। नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्। यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। उनी गत भदौ २३ गते ललितपुरको ...
। प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्नेक्रममा उनले सांसदहरूको वर्गीकरणबारे बोलेका हुन्। उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’ र तेस्रो ‘एक्स्ट्रा अर्डिनरी’मा विभाजन गरेका हुन्। उनले इन्जिनियर सांसदहरूलाई ‘एक्स्टा अर्डिनरी’ सांसदको रुपमा व्याख्या गरे। उनले तीन तहका व्यक्तिले कस्तो काम गर्छन् भन्नेबारे पनि ...
। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरकी एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु भएको छ । गत शनिबार राति दिनेश ठाकुरकी श्रीमती १७ वर्षीया पूजा महतोको मृत्युमा माइती पक्षले आंशका व्यक्त गरेका हुन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार गत शनिबार राति घरको सुतिरहेको ओछ्यानमा पूजाको शव भेटिएको थियो । उनको घाँटीमा झुण्डिएको डाम देखिएको थियो । घटनापछि पति ...
। प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग दुई घण्टा छलफल गरेका छन् । बुधबार दिउँसो उनीहरूसँग प्रधानमन्त्री शाहले संसद्‌मा उठेका विषय र त्यसको समीक्षासमेत गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए । नेकपा एमाले, नेपाली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम