मुख्य समाचार
पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाले
पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाले

। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले भुटानलाई ६४ रनले पराजित गर्‍यो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

गण्डकीले दिएको १९७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ४ बलमा १३२ रनमा समेटियो । भुटानका लागि सोनाम चोपेलले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१, नामगाङ चोजेले ६, नाम्गे थिन्लेले १, रञ्जुङ मिक्यो दोर्जीले २, थिन्ले जम्त्सोले १७, ताशी चोपेलले ४ रनको योगदान दिँदा गाकुल कुमार घाले र ताशी फुन्छोले कुनै पनि रन बनाउन सकेनन् । सोनाम येशे एक रनमा अविजित रहे ।

बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले ३ ओभर ४ बलमा २२ रन खर्चिए । दीपककुमार डुम्रेले ३, सिव्रिन श्रेष्ठले २ र सन्दीप खत्री क्षेत्रीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो । गण्डकीका लागि सिव्रिन र करण पंगेनीले उत्कृष्ट साझेदारी गरेका थिए ।

४५ रनमा ४ विकेट गुमाएको गण्डकीका लागि सिव्रिन र करणले ८८ रनको साझेदारी गरे । करणले २७ मा ४५ र सिव्रिनले २४ मा ४५ रन बनाए । सन्दीपले ९ बलमा अविजित ३० रन जोडे ।

अर्जुन कुमाल २, मुस्कान थापामगर २१, समीर कँडेल १, दीपक डुम्रे १९ र रोहित चन्द २० रनमा आउट हुँदा अभिषेक थापा २ रनमा अविजित रहे ।

बलिङमा भुटानका थिन्ले जम्त्सोले सर्वाधिक ४ विकेट लिए । सोनाम येशेले २ र नाम्गे थिन्लेले एक विकेट लिए ।

टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि नेपाल आएको भुटानले अब बिहीबार र शुक्रबार क्यान–११ सँग अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...