मुख्य समाचार
पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाले
पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाले

। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले भुटानलाई ६४ रनले पराजित गर्‍यो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

गण्डकीले दिएको १९७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ४ बलमा १३२ रनमा समेटियो । भुटानका लागि सोनाम चोपेलले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१, नामगाङ चोजेले ६, नाम्गे थिन्लेले १, रञ्जुङ मिक्यो दोर्जीले २, थिन्ले जम्त्सोले १७, ताशी चोपेलले ४ रनको योगदान दिँदा गाकुल कुमार घाले र ताशी फुन्छोले कुनै पनि रन बनाउन सकेनन् । सोनाम येशे एक रनमा अविजित रहे ।

बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले ३ ओभर ४ बलमा २२ रन खर्चिए । दीपककुमार डुम्रेले ३, सिव्रिन श्रेष्ठले २ र सन्दीप खत्री क्षेत्रीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो । गण्डकीका लागि सिव्रिन र करण पंगेनीले उत्कृष्ट साझेदारी गरेका थिए ।

४५ रनमा ४ विकेट गुमाएको गण्डकीका लागि सिव्रिन र करणले ८८ रनको साझेदारी गरे । करणले २७ मा ४५ र सिव्रिनले २४ मा ४५ रन बनाए । सन्दीपले ९ बलमा अविजित ३० रन जोडे ।

अर्जुन कुमाल २, मुस्कान थापामगर २१, समीर कँडेल १, दीपक डुम्रे १९ र रोहित चन्द २० रनमा आउट हुँदा अभिषेक थापा २ रनमा अविजित रहे ।

बलिङमा भुटानका थिन्ले जम्त्सोले सर्वाधिक ४ विकेट लिए । सोनाम येशेले २ र नाम्गे थिन्लेले एक विकेट लिए ।

टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि नेपाल आएको भुटानले अब बिहीबार र शुक्रबार क्यान–११ सँग अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ । जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक खेलमा मात्र बलिङ गरेको ...
। नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन् । भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिकाअनुसार नेपाल ए टोलीले डिसेम्बरमा पुरुष टी–२० शृङ्खला खेल्नेछ भने महिला टोलीले जनवरीमा महिला टी–२०आई शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ । नेपाल ए ले डिसेम्बर ४ देखि १३ सम्म हुने गेलेफु पुरुष टी–२० शृङ्खलामा ...
। सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एन्फामाथि अनुसन्धान जारी राखेको बताएका हुन्। ‘एन्फाबारे दुई जनालाई नियन्त्रणमा अनुसन्धान भइसकेपछि थप नयाँ कुराहरू आएको हुनाले सीआईबी अझ सक्रिय भएर लागेको ...
। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् । बीबीसी स्पोर्ट्सले प्राप्त गरेको पत्रमा इन्फान्टिनोले फिफाको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट जिम्मेवार रूपमा उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त कोष’ वितरणलाई समर्थन गर्ने बताएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर तथा मध्य ...
। नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ । आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम छैन । यसपटक प्रतियोगितामा स्कटल्यान्डले पनि खेल्दै छ । प्रतियोगितामा हङकङ, ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश छन् । अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ३ दिन हङकङको तिनकोङ रोड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम