मुख्य समाचार
बेलायतमा तेस्रो काव्य-सन्ध्या, ८ कविले सुनाए कविता
बेलायतमा तेस्रो काव्य-सन्ध्या, ८ कविले सुनाए कविता

एल्डरसट। बाँसुरीको मधुर धुनसँगै आठ कविले दुई दर्जनभन्दा बढी कविता वाचन गर्दै बेलायतको एल्डरसटमा तेस्रो काव्य-सन्ध्या सम्पन्न गरेका छन्।साहित्य सङ्गालो बेलायतको आयोजनामा शनिबार भएको कार्यक्रममा शशी थापा सुब्बाको कविता वाचनबाट कार्यक्रम सुरु भएको थियो।

त्यसपछि राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई र मुकुल दाहालले आ-आफ्ना तीन-तीनवटा कविता प्रस्तुत गरेका थिए।




कार्यक्रममा वाचन गरिएका अधिकांश कवितामा प्रवासी जीवनका अनुभव, संघर्ष र पीडासँगै सामाजिक विषय तथा प्रकृतिमाथि भइरहेको दोहनका प्रसङ्ग समेटिएका थिए। राज श्रेष्ठ, आरएल श्रमजीवी र विजय हितानले रसुवामा आएको बाढीलाई केन्द्रमा राखेर लेखिएका आफ्ना नयाँ कविता सुनाएका थिए।

कवि नरेश काङमाङ राईले सहजीकरण गरेको कार्यक्रममा बीच-बीचमा चर्चित नेपाली कविताका हरफसमेत वाचन गरिएको थियो। कवितासँगै पूर्ण सुनुवारको बाँसुरीको प्रस्तुतिले कार्यक्रमलाई थप सांगीतिक र भावपूर्ण बनाएको थियो।


सन् २०२४ देखि हरेक वर्ष आयोजना हुँदै आएको काव्य-सन्ध्यामा औपचारिक समारोहभन्दा कविता वाचनलाई प्राथमिकता दिइँदै आएको आयोजकले जनाएको छ।कार्यक्रमको संयोजन साहित्यकार केदार सङ्केतले गर्दै आएका छन्। खुपेन सुनुवार, निर्भीकजंग रायमाझी, नरेश काङमाङ राई, प्रयास दुमी राई र जीवन तिवारीलगायत युवा लेखक आयोजक समूहमा आबद्ध छन्।

काव्य-सन्ध्याको अवसरमा ‘नेपाल क्राफ्ट एन्ड बुक डटकम’ले नेपाली साहित्य तथा संस्कृतिसम्बन्धी पुस्तकहरूको प्रदर्शनीसमेत गरेको थियो।कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विधेयकको सैद्धान्तिक कारणमा लेखिएको छ- ‘ऐन कार्यान्वयनको क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्ट प्रावधान तथा समयानुकूल सुधारको आवश्यकतालाई सम्बोधन गर्न भुक्तानी तथा फर्स्योट ऐन–२०७५ मा संशोधन आवश्यक भएको हुँदा यो संशोधन विधेयक ल्याइएको छ।’ सामान्य रूपमा नै सोच्ने हो भने पनि २०७५ बाट अहिले साह्रै धेरै समय बितेको छैन; तर प्रविधिको कारणले भुक्तानीको प्रक्रिया र साधनमा भने ...
। नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्। बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकार महँगी नियन्त्रण गर्न र नागरिकलाई दैनिक जीवनमा राहत दिन चुकेको बताइन्। उनले सरकारलाई ठूला ...
। गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ छन् । उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलील भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो । गर्भपतनसम्बन्धी मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २२ असोज २०६३ मा २ वर्ष कैदको फैसला सुनाएको थियो ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार प्रतिनिधिसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८२ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले प्रयोगशालालाई गुणस्तरीय बनाउन सरकार गम्भीर रहेको बताएका हुन्। हालसम्म गठन ...
। गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । त्यसको एक महिनापछि ९ असोजदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कास्की, म्याग्दी, बागलुङ र तनहुँ लगायत जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई समेत प्रभावित बनायो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १० भदौको बाढीबाट मात्रै १४ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम