मुख्य समाचार
दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान
दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान

। दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले २०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ ।
समिति सभापति आशिष गजुरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख यात्रुले काठमाडौं उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ ।

तीमध्ये दसैं सुरु हुने दिनअघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने अनुमान प्रतिवेदनको छ । दसैं सुरु भएपछि भने फूलपातीको दिन अधिक हुनेछ ।

समितिले गरेको अध्ययन अनुसार घटस्थापनाको दिन न्यूनतम ४५ हजारदेखि अधिकतम ६८ हजारसम्म यात्रुले काठमाडौं छाड्ने अनुमान छ । फूलपातीको दिन यो संख्या १ लाख १३ हजारसम्म पुग्ने छ । यी यात्रु ओसार्न ७ हजारमाथि सवारीसाधन चल्नेछन् ।

फूलपातीको दिन १३ देखि २० प्रतिशत यात्रुले काठमाडौं छाड्ने अनुमान छ । दशमीको दिन भने यो संख्या ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

ट्राफिक प्रहरीको विगतको तथ्यांकका आधारमा समितिले यो प्रक्षेपण गरेको हो । यो संख्या अझ बढी हुन सक्ने अनुमान यातायात व्यवसायीको छ । समिति सभापति गजुरेलले समितिले विगतको अभ्यास समेतको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको जानकारी दिए । यसले दसैंको यात्रामा जोडिएका सरोकारवालालाई सहजीकरण हुने उनको भनाइ छ ।



ठूला बसले बोक्छन् आधा यात्रु

प्रतिवेदन अनुसार चाडबाडमा सबैभन्दा धेरै संख्यामा यात्रु बोक्ने सवारीसाधन ठूला बस हुन् । यी बसले ४७.८ प्रतिशत हाराहारी यात्रुलाई गाउँ लैजान्छन् । माइक्रोबसले ४२.९ प्रतिशत र मिनिबसले ९.२ प्रतिशत यात्रु बोक्ने अनुमान छ । यो नागढुङ्गा चेकप्वाइन्टमा गरिएको सर्वेक्षणको नतिजा हो ।

सामान्यतया काठमाडौंबाट बाहिरिने सार्वजनिक यातायातको दुइटा उच्च चापको लहर हुने गरेको छ । बिहानी लहर ६ बजेदेखि ९ बजेसम्म रहन्छ । यसमध्ये ७–८ बजेको समय सबैभन्दा पिकमा रहन्छ । साँझको लहर ६ बजेदेखि ९ बजेसम्म रहन्छ । यसमध्ये ८–९ बजेसम्मको समय सबैभन्दा बढी व्यस्त हुन्छ ।

नागढुङ्गाबाट बाहिरिनेमा सबैभन्दा उच्च चाप पोखरा खण्डमा, दोस्रो बुटवल

दसैंका बेला उपत्यकाबाट नागढुङ्गा चेकपोस्ट हुँदै बाहिरिने सवारीसाधनमध्ये सबैभन्दा बढी पोखरा खण्डका हुन्छन् । मुग्लिन–पोखरा करिडोर (कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, तनहुँ लगायत) जाने सवारी २७ प्रतिशत हाराहारी हुने देखिएको छ ।

दोस्रोमा बुटवल हुँदै पश्चिम नेपाल (दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर, सुदूरपश्चिम) जाने सवारीको हुने गर्छ । तेस्रो बढी चाप नारायणगढ हुँदै पूर्व (वीरगञ्ज, जनकपुर, धरान, विराटनगर, झापा लगायत) जाने सवारीको रहन्छ ।

चौथो चाप मुग्लिनसम्म जाने सवारी (धादिङ, नौबिसे, मलेखु, त्रिशूली, नुवाकोट लगायत) को हुन्छ । त्यसपछि मुग्लिन–बुटवल हुँदै नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा जाने सवारीको हुने गरेको छ ।

प्रतिवेदन अनुसार नागढुङ्गा नाकाबाट बाहिरिने सवारीमध्ये ५५ प्रतिशत नारायणगढ पुग्छन् । त्यसपछि महेन्द्र राजमार्ग हुँदै पूर्व र पश्चिम बाँडिन्छन् ।



६५ हजार सवारीसाधन आवश्यक

प्रतिवेदन अनुसार दसैंका यात्रु बोक्न अधिकतम ६५ हजार वटासम्म सवारीसाधन आवश्यक पर्छ । ठूला बसले ४८ प्रतिशत यात्रु ओसार्ने भएकाले यी बस यातायातका मुख्य मेरुदण्ड हन् । यातायात व्यवसायीका अनुसार उपत्यका केन्द्रित डेढ लाख सवारीसाधन चल्छन् ।

गत वर्षको तथ्यांक अनुसार षष्ठीदेखि नवमीसम्म दैनिक औसत १० हजार सवारीले यात्रु बोकेका थिए । यसमध्ये फूलपातीको दिन १९ हजार ६ सय ७१ सवारी उपत्यकाबाट बाहिरिएको तथ्यांक छ । यस वर्ष सवारी उपलब्धताका आधारमा यात्रु माग अनुसार सिट उपलब्ध हुने अनुमान समितिले गरेको छ ।

यात्रुले किन टिकट पाउँदैनन् ?

तथ्यांकले पर्याप्त सवारीसाधन रहेको देखाए पनि यात्रुले भने टिकट नपाएको उदाहरण पर्याप्त देखिन्छ । प्रतिवेदन अनुसार यात्राको माग सबै क्षेत्रको वा सबै नाका हुँदै बाहिरिने दिन समान नहुने र सोही अनुसार सवारी व्यवस्थापन गर्न नसक्दा यो समस्या आएको हो ।

अर्कातर्फ, सडकको अवस्था राम्रो नहुँदा सवारी निर्धारित समयमा गन्तव्यमा नपुग्ने र अर्को यात्राका लागि उपलब्ध नहुने अवस्था छ । साथै, कतिपय अवस्थामा यात्रुले खोजे अनुसार अगाडिको सिट उपलब्ध नहुँदा पनि गुनासो आएको हुन सक्ने अनुमान प्रतिवेदनमा छ ।



यस वर्ष व्यवस्थापनमा कति तयार छन् सरोकारवाला ?

यस वर्ष संसदीय समिति स्वयं दसैंको यात्रा व्यवस्थापन चुस्त बनाउन खटिएको छ । प्रतिवेदन सोही खटाइएको एक अंश हो । समितिले चाडबाडमा यात्रु अनुभव, गुनासो र सल्लाह लिन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सोहीमार्फत आएका गुनासो सिधै सम्बन्धित निकाय समक्ष निर्देशन दिन प्रयोग गर्ने योजना समितिको छ ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा एक चरणको छलफल गरिसकेको छ । तर, मिति तोकेको छैन । विभागले यसअघिको बैठकबाट टिकट बुकिङ अधिकतम अनलाइनबाट गराउन निर्देशन दिएको छ ।

सार्वजनिक यातायात व्यवसायीले सवारी चालक र कर्मचारीलाई परिचयपत्रको व्यवस्था गर्न, अनधिकृत स्थान, काउन्टर र व्यक्तिबाट टिकट बिक्री रोक्नसमेत भनेको छ ।

यात्रुले अनिवार्य टिकट लिएको सुनिश्चित गर्न र मापसे गरेर यात्रा गरेको अनुगमन गर्नसमेत सरोकारवालालाई निर्देशन दिएको छ । लामो दुरीमा अनिवार्य दुई चालक राख्न, यात्रु माग अनुसार सवारी व्यवस्था गर्नसमेत विभागले व्यवसायीलाई भनेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३ सयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । उपत्यकाभित्र विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी छन् । अन्य मुख्य नाकामा समेत प्रहरीले निरन्तर चेकिङ गर्ने छ ।

सडक विभागले सम्भावित विपद् र आपत्कालीन उद्धार टोली तयारी अवस्थामा राख्ने छ । ५३ वटा ठूला मेसिन सोही प्रयोजनमा तयारी अवस्थामा रहनेछन् । यसपालि भोटेकोशी बाढीले धेरै सवारी बगेको, कर्मचारी बेपत्ता रहेको र सरकारले लामो समय सवारी दर्ता रोकेका कारण सार्वजनिक सवारीसाधन व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।



दीर्घकालीन समस्या समाधानका लागि के गर्नुपर्छ ?

संसदीय समितिले हरेक वर्ष दसैंका बेला दोहोरिने सास्ती रोक्न दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सिफारिस समेत गरेको छ । जसमा तथ्यांक संकलन, सार्वजनिक यातायातमा प्रविधि प्रयोग, डिजिटल टिकट र चलान व्यवस्था मिलाउन भनिएको छ ।

सूचना प्रवाह गर्ने विश्वसनीय माध्यम विकास, नागरिक सचेतना, व्यवसाय सञ्चालन तथा सेवा प्रवाहमा प्रत्यक्ष संलग्नलाई पर्याप्त तालिम दिन र यी सबै समस्या समाधान गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्न समेत सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवादमा आफूहरू सत्यको पक्षमा उभिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । उनी पूर्वसभापति शेरबहादुर देउवा समूहमा संलग्न छन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै महतले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वसम्बन्धी विवादमा आफूहरूले न्यायिक पुनरवलोकनको बाटो रोजेको बताए । यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको र सर्वोच्च ...
। प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बुधबार बसेको संसद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेका प्रस्तावहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा मन्त्री गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई ...
। ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् । उनले ८० लाख ठगी गरेको प्रहरीले बताएको छ । ठगीको कसुरमा बिडारीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ। मन्त्री ...
। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नामक दुई पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। सबै काम सरकार आफैँले गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम