मुख्य समाचार
नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने
नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने

। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो ।

केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।

‘दसैंका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं,’ दाहालले भने, ‘यसपालिदेखि केन्द्रीय बैंकको नियमित काम अन्तर्गत नै नयाँ तथा खुद्रा नोट सटही सेवा उपलब्ध हुन्छ ।’

केन्द्रीय बैंकले दसैं पर्व मनाउने जनसंख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दसैंमा नयाँ नोट बजार पठाउने गरेको उनले बताए । तर, यसपालि देशमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षितभन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय बैंकको योजना रहेको उनको भनाइ छ ।

‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ दाहालले भने, ‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं, त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’

नोट सटही सेवा केन्द्रीय बैंकको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास सुरु गरेको उनले बताए ।

राष्ट्र बैंकको बैंकिङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको दाहालले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको उनले बताए ।

यसपालि प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि दसैं उत्सवका रूपमा नभएकाले पनि विगतको जस्तो सूचना नै जारी गरेर नयाँ नोट वितरण नगर्ने भएको दाहालले बताए ।

दाहालका अनुसार अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन् । एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।

व्यक्तिगत प्रयोजनका लागि हो भने नयाँ नोट नपाइने र व्यापारिक प्रयोजनका लागि नयाँ र सुकिला गरेर नोट सटही सुविधा केन्द्रीय बैंकले प्रदान गर्दै आएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...