मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण
प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण

। प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्नेक्रममा उनले सांसदहरूको वर्गीकरणबारे बोलेका हुन्।

उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’ र तेस्रो ‘एक्स्ट्रा अर्डिनरी’मा विभाजन गरेका हुन्।

उनले इन्जिनियर सांसदहरूलाई ‘एक्स्टा अर्डिनरी’ सांसदको रुपमा व्याख्या गरे। उनले तीन तहका व्यक्तिले कस्तो काम गर्छन् भन्नेबारे पनि आफ्नो भनाइ राखे।

‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्यो भन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्रीलाई उदृत गर्दै एक सांसदले अनलाइनखबरसँग भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ भनेर । तपाईंहरुको आइडियाले देश बन्छ।’

छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औधोगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आग्रह गरेका छन्।

उनले संसद्‌मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयसमेतले बताउँदै भने, ‘केही आइडिया हुँदा प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्न सकिन्छ। आइडिया हुनेहरूसँग सहजै भेट हुनेछ।’

उनले केही विधेयकहरू पनि आउने तयारीमा रहेको र त्यसमा साथ र सहयोग मागे। ‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ । देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं । यसमा तपाईंहरुको साथ र सहयोग चाहिन्छ’ प्रधानमन्त्रीले भने।

सचिवालय भन्छ- सांसदहरुको वर्गीकरण गरिएको होइन

प्रधानमन्त्रीको सचिवालयले भने सांसदहरुलाई तीन तहमा वर्गीकरण नगरेको बरु राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेको जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्दै देश विकासमा केन्द्रित हुन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

सचिवालयले पठाएको प्रेस नोटमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘तपाईंहरु आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवादमा आफूहरू सत्यको पक्षमा उभिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । उनी पूर्वसभापति शेरबहादुर देउवा समूहमा संलग्न छन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै महतले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वसम्बन्धी विवादमा आफूहरूले न्यायिक पुनरवलोकनको बाटो रोजेको बताए । यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको र सर्वोच्च ...
। प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बुधबार बसेको संसद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेका प्रस्तावहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा मन्त्री गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई ...
। ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् । उनले ८० लाख ठगी गरेको प्रहरीले बताएको छ । ठगीको कसुरमा बिडारीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ। मन्त्री ...
। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नामक दुई पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। सबै काम सरकार आफैँले गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम