मुख्य समाचार
सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने
सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने

। सडक यातायात प्रयोगकर्ताले आफ्नो गन्तव्यको भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सक्ने भएका छन् ।

विभागले dotm.gov.np मा ‘भाडा दर खोजी’ नामक कोलम सुरु गरेको छ । जसमा गएर यात्रुले आफ्नो गन्तव्यको भाडा दर हेर्न सक्नेछन् । यसअघि यात्रुले सार्वजनिक रूपमा यसरी भाडा दर हेर्न सक्ने सुविधा उपलब्ध थिएन ।

चाडबाडका बेला सार्वजनिक यातायातले मनपरी भाडा लिने गरेको गुनासो यात्रुबाट सुनिन्छ । आफूलाई शंका लागे यात्रुले अब जुनसुकै स्थानबाट सम्बन्धित गन्तव्यको भाडा दर वेबसाइटमा हेर्न सक्ने गरी विभागले व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । त्यसको एक महिनापछि ९ असोजदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कास्की, म्याग्दी, बागलुङ र तनहुँ लगायत जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई समेत प्रभावित बनायो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १० भदौको बाढीबाट मात्रै १४ ...
। १८ वर्ष पूरानो गोलीकाण्डका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का इन्दल पासवान छन् । सर्लाहीको साविक नत्रगञ्ज गाविस २ मा वीरेन पासवान चिताइन मेला हेर्न भन्दै १२ फागुन २०६५ मा घरबाट निस्केका थिए । १२ फागुनकै राति १० बजेतिर उनी नजिकैकको खाली जग्गामा मृत फेला परेका थिए । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताएका छन् । बुधबार पार्टीका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौं,’ अध्यक्ष ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई ...
। मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले प्रशासन सेवा, लेखा समूहका २६ कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको छ । अर्थ मन्त्रालयले असोज १३ गतेको निर्णयअनुसार एउटै निकायमा लामो समयदेखि कार्यरत कर्मचारीलाई हेरफेर गरिएको जनाएको छ । निर्णयको सूचीमा छैटौं र सातौं तहका १२ जना अधिकृतस्तरका कर्मचारी छन् । सरुवा हुने अधिकृतहरूमा कृति पाण्डे, रञ्जनकुमार ...
। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो। उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग आवद्ध ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम