मुख्य समाचार
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताए
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताए

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाका अनुसार भोटेकोशी बाढीले नेपाल टेलिकमका तीनवटा टावर पूर्ण रूपमा नष्ट गरेको थियो। यद्यपि, ती स्थानमा तत्काल वैकल्पिक टावरको व्यवस्था गरी सेवा सुचारु गरिएको छ।

सडक सञ्जाल टुटेको रसुवागढी क्षेत्रमा भने हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर सोलार प्रणालीमा आधारित टावर सञ्चालनमा ल्याइएको उनले संसद्‌मा जानकारी गराए।

पछिल्लो बाढीपहिरोले गण्डकी प्रदेशका ११ जिल्लाका कुल २९१ वटा दूरसञ्चार साइटमा क्षति पुगेकोमा हालसम्म २४६ वटा साइट मर्मत गरी सेवा सुचारु भइसकेको छ। बाँकी ४५ वटा साइटमा विद्युत् आपूर्ति सुचारु हुनासाथ सेवा चल्ने मन्त्री तिमिल्सिनाले स्पष्ट पारे।

विद्युत् आपूर्तिका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको छ।

दूरसञ्चार टावरसँगै अप्टिकल फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिको पनि क्रमशः मर्मत भइरहेको छ।

फाइबर काटिएर सेवा अवरुद्ध भएका कतिपय स्थानमा तत्कालका लागि वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधि प्रयोग गरेर सञ्चार सेवालाई निरन्तरता दिइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विधेयकको सैद्धान्तिक कारणमा लेखिएको छ- ‘ऐन कार्यान्वयनको क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्ट प्रावधान तथा समयानुकूल सुधारको आवश्यकतालाई सम्बोधन गर्न भुक्तानी तथा फर्स्योट ऐन–२०७५ मा संशोधन आवश्यक भएको हुँदा यो संशोधन विधेयक ल्याइएको छ।’ सामान्य रूपमा नै सोच्ने हो भने पनि २०७५ बाट अहिले साह्रै धेरै समय बितेको छैन; तर प्रविधिको कारणले भुक्तानीको प्रक्रिया र साधनमा भने ...
। नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्। बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकार महँगी नियन्त्रण गर्न र नागरिकलाई दैनिक जीवनमा राहत दिन चुकेको बताइन्। उनले सरकारलाई ठूला ...
। गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ छन् । उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलील भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो । गर्भपतनसम्बन्धी मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २२ असोज २०६३ मा २ वर्ष कैदको फैसला सुनाएको थियो ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार प्रतिनिधिसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८२ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले प्रयोगशालालाई गुणस्तरीय बनाउन सरकार गम्भीर रहेको बताएका हुन्। हालसम्म गठन ...
। गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । त्यसको एक महिनापछि ९ असोजदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कास्की, म्याग्दी, बागलुङ र तनहुँ लगायत जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई समेत प्रभावित बनायो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १० भदौको बाढीबाट मात्रै १४ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम