मुख्य समाचार
अब पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउनुपर्ने
अब पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउनुपर्ने

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताएका छन् । बुधबार पार्टीका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौं,’ अध्यक्ष ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ ।’

उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ छ ।

अहिलेको आवश्यकता लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई पार्टीले प्राथमिकता दिनुपर्ने रहेको उनले बताए ।

‘हामी एउटा मोर्चामा हारेका मात्र हौं । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विधेयकको सैद्धान्तिक कारणमा लेखिएको छ- ‘ऐन कार्यान्वयनको क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्ट प्रावधान तथा समयानुकूल सुधारको आवश्यकतालाई सम्बोधन गर्न भुक्तानी तथा फर्स्योट ऐन–२०७५ मा संशोधन आवश्यक भएको हुँदा यो संशोधन विधेयक ल्याइएको छ।’ सामान्य रूपमा नै सोच्ने हो भने पनि २०७५ बाट अहिले साह्रै धेरै समय बितेको छैन; तर प्रविधिको कारणले भुक्तानीको प्रक्रिया र साधनमा भने ...
। नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्। बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकार महँगी नियन्त्रण गर्न र नागरिकलाई दैनिक जीवनमा राहत दिन चुकेको बताइन्। उनले सरकारलाई ठूला ...
। गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ छन् । उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलील भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो । गर्भपतनसम्बन्धी मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २२ असोज २०६३ मा २ वर्ष कैदको फैसला सुनाएको थियो ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार प्रतिनिधिसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८२ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले प्रयोगशालालाई गुणस्तरीय बनाउन सरकार गम्भीर रहेको बताएका हुन्। हालसम्म गठन ...
। गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । त्यसको एक महिनापछि ९ असोजदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कास्की, म्याग्दी, बागलुङ र तनहुँ लगायत जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई समेत प्रभावित बनायो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १० भदौको बाढीबाट मात्रै १४ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम