मुख्य समाचार
जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने
जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने

। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ।

जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो ।
भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय हुनेछ। छोटो अवधिका लागि कम र लामो अवधिका लागि उल्लेख्य रूपमा बढी शुल्क लाग्नेछ।

नयाँ नियमअनुसार भिसा नवीकरणको अधिकतम सीमा ७५,००० येन र स्थायी बसोबास (पीआर) आवेदनको अधिकतम सीमा २,००,००० येन तोकिएको छ। यो हालको क्रमशः ६,००० येन र १०,००० येनको तुलनामा निकै ठूलो वृद्धि हो।

नयाँ शुल्क संरचना यसप्रकार छ:

३ महिनासम्म: १०,००० येन
३ देखि ६ महिनासम्म: १८,००० येन
६ महिनादेखि १ वर्षसम्म: २५,००० येन
१ वर्ष: ३३,००० येन
१ देखि ३ वर्षसम्म: ४८,००० येन
३ देखि ५ वर्षसम्म: ६४,००० येन
५ वर्ष वा सोभन्दा बढी: ७५,००० येन

भिसा-फ्री यात्रुहरूका लागि जेस्टा प्रणाली

यस पछिल्लो संशोधनले आर्थिक वर्ष २०२८ भित्र लागू गर्ने लक्ष्यसहित ‘जापान इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेसन’ (जेस्टा) स्थापना गर्ने कुरा पनि समावेश गरेको छ।

आतङ्कवाद र अवैध रोजगारी रोक्ने उद्देश्यले ल्याइएको यो प्रणाली छोटो अवधिको बसाइका लागि भिसा-फी प्रवेशको सुविधा पाउने ७४ देश र क्षेत्रका नागरिकहरूमा लक्षित छ।

यसअन्तर्गत, यात्रुहरूले प्रस्थान गर्नुभन्दा केही दिनअघि नै अनलाइनमार्फत आफ्नो नाम, भ्रमणको उद्देश्य र गन्तव्यजस्ता जानकारीहरू उपलब्ध गराउनुपर्नेछ। प्राप्त जानकारीलाई आपराधिक रेकर्ड र अन्य डेटाबेसहरूसँग रुजु गरिनेछ। यदि यात्रुले अवैध रूपमा भिसा अवधिभन्दा बढी समय बिताउन सक्ने आशङ्का लागेमा, उनीहरूलाई विमान वा पानीजहाज चढ्न रोक लगाइनेछ।

सन् २०२५ को अन्त्यसम्ममा जापानमा विदेशी बासिन्दाहरूको सङ्ख्या करिब ४१ लाख ३० हजार पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो । जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...
। जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्‍याएका हुन् । संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो । सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई ...
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम