मुख्य समाचार
मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताए
मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने

। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ ।

मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताएकी छन् ।

बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले संविधान तथा प्रचलित कानुनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको बताइन्।

मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।

डिजिटल प्रविधिको उपयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उनीहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अगाडि बढाइने सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राष्ट्रसंघको ८१ औं महासभामा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन शाह गएको स्मरण गरे । महासभामा प्रधानमन्त्री बालेनले देशको साझा राष्ट्रिय एजेण्डाहरू, हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली नदीमा आएको हिमालयन ...
। त्रिभुवन विश्वविद्यालयको सभा आगामी असोज २२ मा बस्ने भएको छ । त्रिविको सभा नबस्दा नीति तथा कार्यक्रम, बजेट, र विद्यार्थीको ग्रेसलिस्ट पास भएको थिएन । ‘२२ गतेको सभाले बजेट र ग्रेसलिस्ट पास गर्छ,’ त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने । गत असारमै बजेट पास हुनुपर्ने थियो । तर, पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रोकिएको थियो ।
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारको शासन सञ्चालन र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे । नेता आङ्देम्बेले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको विश्वास टिकाउन दृष्टि, संवाद, समन्वय, ...
। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन् । साथै, उनले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाए । पोखरेलले सरकारको तुलना ...
। बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन् । प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो । दौलिचौरबाट चैनपुरतर्फ आउँदै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम