मुख्य समाचार
स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाए
स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाए

। स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।

ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ । ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताए।


उनका अनुसार अहिले अनुभव भइरहेको तापक्रम वृद्धि पूर्ण रूपमा मानवजन्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । मानव उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए अहिलेको जस्तो तापक्रम वृद्धि हुने अवस्था नरहने उनले बताए।

जाडोयाममा पर्याप्त हिउँ नपर्नु हिमनदीका लागि विशेष चिन्ताको विषय भएको उनले बताए। हिउँले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्न आवश्यक आधारसमेत तयार गर्छ । सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विस हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो ।




यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीबाट करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ । यो करिब ९१ लाख जनसङ्ख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो । स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोडिएको छ।

स्विट्जरल्यान्डका हिमनदीमा यस वर्ष हराएको बरफको मात्रा सन् २००३ को भन्दा कम भए पनि कुल बरफको तुलनामा प्रतिशत क्षति बढी भएको विज्ञहरूले बताएका छन् । सन् २००३ मा कुल बरफको ३.५ प्रतिशत घटेको थियो भने अहिले हिमनदीमा बाँकी बरफको मात्रा २३ वर्षअघिको करिब एक तिहाइ मात्र रहेको छ ।

यस वर्ष कतिपय हिमनदीको औसत मोटाइ २.५ देखि चार मिटर र केही हिमनदीको अगाडिको भागमा बरफको मोटाइ १० मिटरसम्म घटेको पाइएको छ । एलालिन, क्लेरिडेन्ट, रोन र आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन् ।

विज्ञहरूका अनुसार हिमनदी पग्लने प्रभाव स्विट्जरल्यान्डमा मात्र सीमित छैन । स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता महत्त्वपूर्ण नदीका जलस्रोतमा यसको योगदान छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहितका क्षेत्रमा समेत बरफ र हिमनदीमा ठूलो परिवर्तन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा आफ्नो सुरक्षाका लागि आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिए। उनले पश्चिमी देशहरू र युरोपमाथि तनाव बढाएको आरोप लगाए। पश्चिमी देशहरूले आगामी वर्षहरूमा रुससँग युद्धको तयारी गरिरहेको, बाल्टिक सागरमा सैन्य ...
। रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार बताएका छन्। रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्था मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो । ...
। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ । रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक ...
। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै ...
— दुबईबाट तेल अभिभतर्फ गइरहेको फ्लाई दुबईको एफजेट१०७३ उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स (युएई) ले अनुसन्धान सुरु गरेको छ । युएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । युएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोडिएको थियो कि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम