मुख्य समाचार
ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई अर्का एक सङ्घीय न्यायाधीशले रोक
ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई अर्का एक सङ्घीय न्यायाधीशले रोक

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई बुधबार अर्का एक सङ्घीय न्यायाधीशले रोक लगाएका छन्।

क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेउड गिलियमले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा र विदेश मन्त्रालयले ट्रम्पको यो शुल्क लागू गर्नुअघि आवश्यक नियम-निर्माण प्रक्रियाहरू पालना गर्न नसकेको फैसला सुनाएका हुन्।

तत्कालीन राष्ट्रपति बाराक ओबामाबाट नियुक्त न्यायाधीश गिलियमले अक्टोबरमा दायर गरिएको मुद्दाको अन्तिम फैसला नआएसम्म उक्त शुल्क लागू गर्नबाट सरकारी एजेन्सीहरूलाई रोक्न युनियन, रोजगारदाता र गैरनाफामूलक संस्थाहरूको गठबन्धनले गरेको मागलाई स्वीकृत गरेका हुन्।

यसअघि गत जुन महिनामा बोस्टनका एक सङ्घीय न्यायाधीशले २० वटा राज्यले दायर गरेको अर्को छुट्टै मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कमाथि अस्थायी रोक लगाएका थिए। बोस्टनस्थित पुनरावेदन अदालतले जुलाईमा उक्त निर्णयलाई बदर गर्न अस्वीकार गरेको थियो।




गत अगस्टमा होमल्यान्ड सेक्युरिटी विभागले करिब १ लाख ३ हजार डलरको स्थायी शुल्क लागू गर्ने प्रक्रिया अघि बढाएको थियो, जसलाई अन्तिम रूप दिएपछि अदालतमा चुनौती दिइने सम्भावना छ।

तर, यसमा ट्रम्पले तोकेको शुल्कविरुद्धको मुद्दाभन्दा फरक कानुनी विषयहरू समावेश हुनेछन्। हालका मुद्दाहरू भने एकतर्फी रूपमा यस्तो शुल्क तोक्न सक्ने राष्ट्रपतिको अधिकारमाथि केन्द्रित छन्।

सुरुमा एक लाख डलरको यो शुल्क सेप्टेम्बर २१ मा सकिने तय भएको थियो, तर रिपब्लिकन राष्ट्रपति ट्रम्पले हालै यसलाई थप एक वर्षका लागि लम्ब्याएका थिए।

यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

वादीहरूको प्रतिनिधित्व गर्ने वामपन्थी झुकाव राख्ने कानुनी समूह डेमोक्रेसी फरवार्डले एक विज्ञप्ति जारी गर्दै यस फैसलाको स्वागत गरेको छ। उक्त समूहका वकिल स्टिभ ब्रेसलरले भनेका छन्, ‘आजको निर्णयले… रातारात अस्तव्यस्त बनाइएको प्रणालीलाई सुरक्षित गरेको छ।‘

देशको सबैभन्दा ठूलो व्यापारिक लबिङ समूह युएस चेम्बर अफ कमर्सले पनि यो शुल्कविरुद्ध तेस्रो मुद्दा दायर गरेको छ। ट्रम्पलाई शुल्क तोक्ने अधिकार नभएको भन्ने आफ्नो दाबीलाई खारेज गर्ने एक न्यायाधीशको निर्णयविरुद्ध चेम्बरले पुनरावेदन गरिरहेको छ।

के हो एच-वान बी कार्यक्रम ?

एच-वान बी कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई विशेष क्षेत्रमा तालिम प्राप्त विदेशी कामदारहरूलाई काममा राख्न अनुमति दिन्छ। विशेषगरी प्रविधि कम्पनीहरू एच-वान बी भिसा प्राप्त गर्ने कामदारहरूमा धेरै निर्भर छन्।

यस कार्यक्रमअन्तर्गत वार्षिक ६५,००० भिसा र उच्च शैक्षिक उपाधि हासिल गरेका कामदारहरूका लागि थप २०,००० भिसा ३ देखि ६ वर्षसम्मका लागि स्वीकृत गरिन्छ।

ट्रम्पको यो आदेशले एच-वान बी भिसा प्राप्त गर्ने लागतलाई अत्यधिक बढाएको थियो, जसमा सामान्यतया विभिन्न कारकहरूमा निर्भर हुँदै करिब २,००० देखि ५,००० डलरसम्म मात्र शुल्क लाग्ने गर्थ्यो।

शुल्क लागू गर्ने क्रममा ट्रम्पले सङ्घीय अध्यागमन कानुनअन्तर्गत अमेरिकी हितलाई हानि पुर्‍याउने निश्चित विदेशी नागरिकहरूको प्रवेशमा रोक लगाउन सक्ने राष्ट्रपतिको अधिकार प्रयोग गरेका थिए। उनले व्यवसायहरूले एच-वान बी कार्यक्रमको दुरुपयोग गरेको र अमेरिकी कामदारहरूलाई हटाएर सस्तो विदेशी श्रम प्रयोग गरेको दाबी गरेका थिए।

यसका अतिरिक्त ट्रम्प प्रशासनले एच-वान बी आवेदकहरूको जाँच प्रक्रियालाई अझ कडा बनाउन आदेश दिएको छ भने उच्च दक्ष र बढी तलब पाउने कामदारहरूलाई प्राथमिकता दिने गरी नयाँ भिसा छनोट प्रक्रियाको प्रस्तावसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...