मुख्य समाचार
विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड
विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारका साथै प्रतिपक्ष दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताएका हुन् ।
नेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताए । हिमालय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको भन्दै उनले अब त्यसलाई ठोस साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

संसदीय विशेष समितिको जिम्मेवारी सम्हालेका पराजुलीले विपद्को वैज्ञानिक अध्ययन गर्दै पूर्वाग्रहविना परिणाममुखी काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

सुशासनका सम्बन्धमा रास्वपाको अडान प्रष्ट पार्दै नेता पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाले कमजोर बनाएको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन समय लाग्ने भएपनि सरकार सही मार्गमा रहेको दाबी गरे ।

कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कदमहरू सुशासनका शुरुवात भएको बताउँदै घुसखोरीको अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर ...
। नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरेको छ। जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ। यसका लागि प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौतीहरू पहिचान गरी योजना बनाएको जनाएको छ। प्रहरीले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमार, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी, पेय पदार्थमा नसालु पदार्थ मिसाउनेलगायत सुरक्षा चुनौती ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी हुन् । सांसद राना मगरले ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानुनी स्थिरता आवश्यक रहेको बताएकी छिन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । लगानीकर्ताले जुनसुकै सरकार आएपनि आफूले गरेको सम्झौता कार्यान्वयन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम