मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य
प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनलाई व्यंग्य गरेका हुन् ।

‘राणा शासकहरूले आफूलाइ ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे ! हिजो हाम्रो प्रधानमन्त्रीले सांसदहरूकोे स्तर निर्धारण गर्नु भएछ, एक्सट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज भनेर’, प्रमुख सचेतक दुलालले भने, ‘रास्वपामा रहेका इन्जिनियर साँसदहरू ए अर्थात एक्स्ट्रा अर्डिनरीमा पर्नुभएछ । उहाँहरूलाई बधाइ छ ।’

उनले प्रधानमन्त्री बालेनले केही समयअगाडि ‘देश बनाउने टिम’ भनेर तीन जनाको फोटो सार्वजनिक गरेको पनि स्मरण गरे ।

‘महान दार्शनिक अरस्तुको असल शासकका गुणहरू प्रतिस्थापन भए कि बाँकी नै छन् ? र, प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ?,’ उनले प्रश्न गरे ।

यस्तै, उनले ‘अरु सांसदहरु केमा पर्नुभयो ? या, यो पनि अर्को ठट्टा हो जसले हाम्रो प्रधानमन्त्री ठिकठाक हुनुहुन्छ भनेर हामीले बुझौं ?’ भन्दै थप प्रश्न गरे ।

बुधबार प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी सांसद्’को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयकबारे यस्तो बताएकी हुन् । बिहीबार मात्रै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको हो । विधेयक संसद् पुगेपछि भूमि व्यवस्था, सहकारी, ...
। सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल ...
। पोखरा भ्रमणमा रहेको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भयो । यसअघि गण्डकी प्रदेशसँग सुरुवाती दुई खेलमा पराजित भएको थियो । क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले ११० रन मात्र बनाउन सक्यो । ...
। नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् । सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको भन्दै प्रधानमन्त्रीको दम्भ र संसदप्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र नै कमजोर हुने चेतावनी समेत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम