मुख्य समाचार
अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा
अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा

। अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ।

होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो।

चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक कम्पनी योङ्जी हेल्थ यसअघि नै तास्मानियन बोटानिक्सको ठूलो हिस्सेदार थियो। पछिल्लो खरिदस सम्झौतासँगै कम्पनीमा उसको अप्रत्यक्ष स्वामित्व बढेर करिब ९६.५ प्रतिशत पुगेको छ।

तास्मानियन बोटानिक्सले लामो समयदेखि औषधीय गाँजा उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दै आएको छ। कम्पनीको पोन्टभिलस्थित केन्द्रमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। त्यहाँ अत्याधुनिक ठूलो हरितगृह (ग्रिनहाउस) सँगै करिब २.५ हेक्टर क्षेत्रफलमा बाहिरी खेतीसमेत हुँदै आएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रेग नाइटले स्वामित्व परिवर्तन भए पनि कर्मचारी र ग्राहकका लागि तत्काल कुनै ठूलो फेरबदल नहुने स्पष्ट पारेका छन्। रोजगारीको सुरक्षामा कुनै समस्या नरहेको र आगामी दिनमा कम्पनीलाई अझ विस्तार गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...