मुख्य समाचार
अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा
अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा

। अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ।

होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो।

चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक कम्पनी योङ्जी हेल्थ यसअघि नै तास्मानियन बोटानिक्सको ठूलो हिस्सेदार थियो। पछिल्लो खरिदस सम्झौतासँगै कम्पनीमा उसको अप्रत्यक्ष स्वामित्व बढेर करिब ९६.५ प्रतिशत पुगेको छ।

तास्मानियन बोटानिक्सले लामो समयदेखि औषधीय गाँजा उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दै आएको छ। कम्पनीको पोन्टभिलस्थित केन्द्रमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। त्यहाँ अत्याधुनिक ठूलो हरितगृह (ग्रिनहाउस) सँगै करिब २.५ हेक्टर क्षेत्रफलमा बाहिरी खेतीसमेत हुँदै आएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रेग नाइटले स्वामित्व परिवर्तन भए पनि कर्मचारी र ग्राहकका लागि तत्काल कुनै ठूलो फेरबदल नहुने स्पष्ट पारेका छन्। रोजगारीको सुरक्षामा कुनै समस्या नरहेको र आगामी दिनमा कम्पनीलाई अझ विस्तार गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई बुधबार अर्का एक सङ्घीय न्यायाधीशले रोक लगाएका छन्। क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेउड गिलियमले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा र विदेश मन्त्रालयले ट्रम्पको यो शुल्क लागू गर्नुअघि आवश्यक नियम-निर्माण प्रक्रियाहरू पालना गर्न नसकेको फैसला ...
। स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् । ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै ...
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। इरान र उसका सहयोगीहरूको अहिले इराकमा गहिरो प्रभाव छ। इराकी सुरक्षा विज्ञहरूका अनुसार, यो फिर्ती सन् २०२४ मा राष्ट्रपति जो बाइडेनको पालामा तय भएको थियो। इरानविरुद्ध युद्ध लडिरहेको भए पनि डोनाल्ड ट्रम्पको प्रशासनले ...
। अस्ट्रेलियामा डेबिट वा क्रेडिट कार्डमार्फत सामान खरिद तथा भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क आगामी अक्टोबरदेखि पूर्ण रूपमा हट्ने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले कार्ड प्रयोग गरेकै कारण उपभोक्ताले थप शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गरिने घोषणा गरेका हुन्। यो नियम सन् २०२६ को अक्टोबर १ देखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार पसल, क्याफे वा रेस्टुरेन्टमा सामानको जति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँगको छलफलपछि एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा गरेका छन्। यस सम्झौताले एआई प्रविधिको सुरक्षा र जोखिम नियन्त्रणको मुख्य जिम्मेवारी सम्बन्धित कम्पनीहरूलाई नै सुम्पेको छ। मुख्य एआई कम्पनीहरूले फ्रन्टियर मोडलहरूको तालिम तथा सञ्चालनका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम