मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट
प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट

। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राष्ट्रसंघको ८१ औं महासभामा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन शाह गएको स्मरण गरे ।

महासभामा प्रधानमन्त्री बालेनले देशको साझा राष्ट्रिय एजेण्डाहरू, हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली नदीमा आएको हिमालयन सुनामी र त्यसले पुराएको क्षति, जलवायु न्याय, अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा प्रस्तवहरू राखे ।

यसप्रति नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाह र सरकारलाई धन्यवाद दिए । तर यसबारे संसद्लाई कुनै जानकारी दिएनन् । यसप्रति सांसद दुलालले संसद्मै खेद प्रकट गरेका हुन् । ‘तर महासभामा जानु अघि र आए पछि संसदलाई जानकारी नगराएर प्रधानमन्त्रीले व्यवस्थापिकालाई गरेको अपमानप्रति खेद प्रकट गर्दछु,’ उनले भने ।

सांसद दुलाललका अनुसार, चाडपर्व नजिकिंदै गर्दा यतिबेला शुभकामना दिनसक्ने अवस्था छैन । भोटेकोशी बाढी र अन्य बाढी पहिरोका कारण सयौं नेपालीले ज्यान गुमाएका छन् र हजारौं नागरिक अझै बेपत्ताको सूचीमा छन् । जसलाई व्यवहारिक रुपमा मृत्यु स्वीकार गरिसकिएको छ ।

‘तर ती बेपत्ता नागरिकलाइ मृतक सरह कानुनी हैसियत प्रदान गर्न किन हिचकिचाहट र ढिलाइ ?,’ सरकारलाई उनको प्रश्न छ ।

यहाँनेर उनले सरकारसँग चार वटा माग राखे ।

· शिक्षक र स्कृल गुमाएका बालबालिकालेशिक्षक र स्कृल पाउन र पढ्न पाउन,

· अभिभावक गुमाएका बालबालिकाले सरकार अभिभावक रहेछ भन्ने अनुभूती गरुन्,

· छाना गुमाएका नागरिकले छाना पाउन, पीडित नागरिकले दाताले पठाएका दाना र नाना पाउन्,

· सामान गोदाममा कुहिएको र रकम प्रधानमन्त्री राहत कोषमै रोकिएको समाचार नआउन् । यो कानुन र त्यो कानुनले मिलेन भन्ने जवाफ नपाउन् ।

सरकारलाई उनले विगतमा आएका प्राकृतिक विपद् र त्यसबेला तत्कालीन सरकारले गरेका काम स्मरढा गरेर अगाडि बढ्न पनि सुझाए ।

साथै, सरकारलाई सुशासनको मार्गम हिंड्न आग्रह गरे ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको अनुभव, अध्ययन, परिपक्व तयारी र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी योजनावद्ध तरिकाले भ्रष्टाचारसँग सम्बन्धित मुदा माथि छानविनको प्रक्रिया अगाडि बढाउँदै गर्दा उक्त सरकार ढालिएको उनले बताए । त्यसबाट पनि पाठ सिक्न सुझाए ।

‘भ्रष्टाचारका बलिया आधार सहितका फाइलहरू यो सरकारले खोलोस्, आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्यशक्तिको दुरुपयोग गरेर स्टण्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्,’ उनले भने ।

विधि सम्मत भ्रष्टचारीलाई कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरे ।

यहाँनेर रास्वपा सभापति रवि लामिछानेले गत फागुन २१ को चुनाव अघि गरेको भाषण स्मरण गरे ।

‘बहुतै चर्चित र कर्णप्रीय थियोे भाषण थियो– के आशा छ जनताको ? के मागेका छन् जनताले ? बत्ति पाउँ, पानी पाउँ, सडक पाउँ, पढ्न पाउँ, उपचार पाउँ, के आशा छ जनताको ? यो पनि कुनै माग हो, २१ आंैं शताब्दिमा ?’ यो सम्झने कोशिष होस्,’ दुलालले भने, ‘सरकारवादी साथीहरूलाई आफ्नै जस्तो लाग्यो भने अन्यथा मान्नु पर्दैन । तपाईं सहि हुनुहुन्छ ।’

जनताको वर्तमान अवस्था र मनस्थितिबारे समाजमा प्रश्नहरू रहेको भनेर उनले यहाँनेर पनि साँत बुँदा सम्झिए ।

· जनताले भोगेकोआधा सिलिण्डर ग्याँसको पर्खाइको लामो लाइन सुनाउँ कि, त्रिपुरेश्वरै ढाकिएको पासपोर्ट लिने युवाको लाइन ?

· अस्पतालको लाईन सुनाउँ कि, रासायनिक मल लिन पर्खेका किसानको लाइन ?

· आकासिएको महंगि सुनाउँ कि,बेरोजगार युवाको वैदेशिक पलायन ?

· शिक्षा र स्वास्थ्यमा लगाएको कर सुनाउँ कि, घरयासी विजुलीको विलमा लगाएको भ्याट?

· मिडियाका गेट छेकेका गाडी काण्ड सुनाउँ कि, मध्यरातमा गरिएका गैरकानूनि गिरफ्तारी ?

· वा सुनाउँ, होल्डिंग सेल्टरका सुकुम्बासी नागरिकका हृदय विदारक कारुणिक व्यथा ?

· संसदको चालू अधिवेशन अन्त्य सँगै निर्वाचन क्षेत्र जाँदै छौं, जनतालाई के सुनाउँ ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएकी छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् । मन्त्री चौधरीले रासायनिक मलको ...
। सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयकबारे यस्तो बताएकी हुन् । बिहीबार मात्रै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको हो । विधेयक संसद् पुगेपछि भूमि व्यवस्था, सहकारी, ...
। सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल ...
। पोखरा भ्रमणमा रहेको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भयो । यसअघि गण्डकी प्रदेशसँग सुरुवाती दुई खेलमा पराजित भएको थियो । क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले ११० रन मात्र बनाउन सक्यो । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम