मुख्य समाचार
‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको
‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको

। नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् ।

सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् ।

साथै, उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् ।

नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्‍याएको क्षति दु:खद् रहेको उल्लेख उनले गरिन् ।

‘दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन । इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर संगठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो ? संसद भवन घेराउ गर्ने, सार्वजनिक सम्पती तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो ?’

उनले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरेका नेताहरूमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने संकेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप ...
। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहत विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको ...
। गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । आगलागी संगलनता देखिएका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए । आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कृष्णचन्द्र जैसी र ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ...
। धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् । घटना बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह ...
। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दु:ख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएतापनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम