मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच शिष्टाचार भेटवार्ता

। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ।

नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ।

विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्धले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिइएको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप ...
। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहत विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको ...
। गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । आगलागी संगलनता देखिएका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए । आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कृष्णचन्द्र जैसी र ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ...
। धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् । घटना बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह ...
। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दु:ख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएतापनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम