मुख्य समाचार
सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न
सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न

। प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएकी छिन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री कार्यालय मातहतको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा नीतिगत भ्रष्टाचार र नियोजित सेटिङ भएको भन्दै संसदीय छानबिन समितिको माग गरेकी हुन् ।

सांसद ओलीले संसद्मा प्रश्तुत गरेको टाइमलाइन अनुसार, जेठ १२ गते कार्यविधि बनाउन गठन गरिएको कार्यदलका संयोजक किरण तिम्सिनाले नै पछि आफू नियुक्त हुनेगरी नियम र मापदण्ड तयार पारेको आरोप लगाइन् ।

प्रमाणका रूपमा तिम्सिनाले लिंकडइनमा राखेको ‘ओ ब्वाइ दिस वाज् टफ’ भन्ने पोस्ट र त्यसपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीसँगै केक काटेर उत्सव मनाएको तस्वीर उनले सार्वजनिक गरिन् । सांसद ओलीले असोज १ गते हतारहतार सर्टलिस्ट गरी २ गते अन्तर्वार्ता लिने काम भएको र सोही दिन मन्त्रिपरिषद्ले निर्णय गरे पनि ५ दिनसम्म सूचना लुकाइएको समेत बताइन् ।

‘आफैं प्रश्नपत्र बनाउने, आफैं सहभागी हुने र विज्ञापन खुल्नुअघि नै उत्सव मनाउने यो कस्तो सुशासन हो ? १८२ जना सांसद भएको सरकारलाई विधेयक ल्याउन कसले रोक्यो? एनआरएनको भोट र नोट चल्ने तर अधिकार नचल्ने ?,’ उनले भनिन्, ‘संसदमा मौन बस्ने र फेसबुकमा क्रान्तिकारी हुने प्रवृत्ति बन्द गर्नुस् । राजनीति आफ्नो सुविधा हेरेर होइन, सही ठाउँमा सही प्रश्न सोधेर गर्ने हो ।’

यो घटनालाई सुशासन ऐन, २०६४ को मर्मविपरीतको ‘ओपन सेटिङ’ को संज्ञा दिँदै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण उनले गराइन् । यसैगरी, प्रवासी नेपालीको नागरिकताको मुद्दा उठाउँदै उनले सरकारको दोहोरो चरित्रप्रति असन्तुष्टि व्यक्त गरिन् ।

गैरआवासीय नेपाली (एनआरएन) ले आफ्नो नागरिकता निरन्तरताको माग गर्दा परराष्ट्रमन्त्रीबाट सम्भव नभएको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन् । ‘फाँसीजम वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएको रहेछ । हामी अहिले ...
— भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप ...
। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहत विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको ...
। गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । आगलागी संगलनता देखिएका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए । आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कृष्णचन्द्र जैसी र ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ...
। धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् । घटना बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम