मुख्य समाचार
भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन
भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन

— भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप गरिने बताइएको छ । समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्माको नाम घोषणा गरिएको थियो ।

अध्यक्ष दाहालले समितिको घोषणा गर्ने क्रममा भोटेकोशी र कालीगण्डकीमा आएको विपदको अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको बताए । 'भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत गोरखा, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ,' उनले भने ।

अध्यक्ष दाहालले उक्त समितिले असोज ९ देखि ११ गतेसम्म कालीगण्डकी नदीमा आएको बाढीको पनि अध्ययन गर्ने बताए । सदन र सभाका बैठकमा सांसदले गरेको मागअनुसार संसदीय विशेष समिति गठन गरिएको उनको भनाइ थियो ।

संसदीय विशेष समितिलाई छिमेकी देशहरूसँग विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्स्थापनामा सहकार्य गर्दै विपद् आउनुअघि नै जोखिमको सूचना उपलब्ध गराउने भरपर्दो, वैज्ञानिक र आधुनिक पूर्वसूचना प्रणाली तथा प्रविधिको विकास र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माणको लागि सुझाव दिने, विषयगत विज्ञहरूसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम तथा दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषण गर्दै जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने कार्यादेश दिइएको छ ।

समितिको कार्यादेशबारे अध्यक्ष दाहालले थपे, 'यस्ता विपद्‍बाट प्रभावित छिमेकी राष्ट्रहरूसँग अनुभव, प्रविधि, सूचना तथा स्रोतसाधन आदान प्रदानका लागि सहकार्यको उपयुक्त मोडालिटी विकास गर्नेबारे अध्ययन गर्ने ।'

भोटेकोशी बाढीबारे अध्ययन गर्नका लागि प्रतिनिधिसभाले पनि संसदीय विशेष समिति गठन गरेको छ । उक्त समिति १५ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै ...
— परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन शनिबार फिजी जाने भएका छन् । फिजी र टुभालुमा १९–२० असोजमा हुने प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल शनिबार फिजी जाने भएको छ । उनले २० असोजमा लिडर्स प्लेनरीमा सम्बोधन गर्नेछन् । उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया ...
— मनाङको नार्पाभूमिको हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन भएकामध्ये थप ८ जनाको शव बिहीबार भेटिएको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । हिमपहिरोमा पुरिएका अझै एक जना अझै सम्पर्कविहीन छन् । बिहीबार भेटिएका ८ शवमध्ये ६ वटा फु गाउँमा र २ वटा शव सदरमुकाम चामे ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन् । ‘फाँसीजम वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएको रहेछ । हामी अहिले ...
। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहत विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम