रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गरेको हो।
रुसले मस्कोमा रहेका हंगेरीका कार्यवाहक राजदूत गाबोर गर्गिचलाई मन्त्रालयमा बोलाएको थियो। मन्त्रालयले उनलाई यो निर्णयको जानकारी दिएको छ।
हंगेरीको मस्कोस्थित दूतावासका कर्मचारीहरूले रुस छाड्नुपर्नेछ। सेन्ट पिटर्सबर्ग र कजानमा रहेका हंगेरीका महावाणिज्य दूतावासका कर्मचारीहरू पनि फर्कनुपर्नेछ।
हंगेरीले गत सेप्टेम्बर ८ मा केही रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न भनेको थियो। हंगेरीको उक्त मागको रुसले कडा विरोध गरेको छ। रुसले हंगेरीको उक्त कदमलाई आधारहीन र अमैत्रीपूर्ण भनेको छ।
रुसले जवाफी कारबाहीको रूपमा यो कदम चालेको हो। रुसी विदेश मन्त्रालयले भनेको छ, ‘हंगेरीका कूटनीतिज्ञलाई जवाफी कारबाहीस्वरूप मस्कोस्थित हंगेरी दूतावास र सेन्ट पिटर्सबर्ग तथा कजानमा रहेका महावाणिज्य दूतावासका कर्मचारीहरूको एक समूहले दुई हप्ताभित्र रुसी भूभाग छाड्नुपर्नेछ ।’