मुख्य समाचार
रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश
रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश

रुसले मस्कोस्थित हंगेरीका कुटनीतिज्ञहरूलाई देश छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गरेको हो।

रुसले मस्कोमा रहेका हंगेरीका कार्यवाहक राजदूत गाबोर गर्गिचलाई मन्त्रालयमा बोलाएको थियो। मन्त्रालयले उनलाई यो निर्णयको जानकारी दिएको छ।

हंगेरीको मस्कोस्थित दूतावासका कर्मचारीहरूले रुस छाड्नुपर्नेछ। सेन्ट पिटर्सबर्ग र कजानमा रहेका हंगेरीका महावाणिज्य दूतावासका कर्मचारीहरू पनि फर्कनुपर्नेछ।

हंगेरीले गत सेप्टेम्बर ८ मा केही रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न भनेको थियो। हंगेरीको उक्त मागको रुसले कडा विरोध गरेको छ। रुसले हंगेरीको उक्त कदमलाई आधारहीन र अमैत्रीपूर्ण भनेको छ।

रुसले जवाफी कारबाहीको रूपमा यो कदम चालेको हो। रुसी विदेश मन्त्रालयले भनेको छ, ‘हंगेरीका कूटनीतिज्ञलाई जवाफी कारबाहीस्वरूप मस्कोस्थित हंगेरी दूतावास र सेन्ट पिटर्सबर्ग तथा कजानमा रहेका महावाणिज्य दूतावासका कर्मचारीहरूको एक समूहले दुई हप्ताभित्र रुसी भूभाग छाड्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...