मुख्य समाचार
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान

। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ ।

रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक गरेको हो ।

इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्न सन् २०१४ मा इराक र सिरियामा तैनाथ गरिएको अमेरिकी नेतृत्वको गठबन्धनले बुधबार आफ्नो सैन्य अभियान औपचारिक रूपमा सम्पन्न गर्दै इराकबाट फिर्ती भएको थियो । आइएसले कुनै समय दुवै देशको ठूलो भूभाग कब्जा गरेको थियो । इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आइएस पराजित भए पनि गठबन्धन सेनाले त्यसका बाँकी समूहविरुद्ध कारबाही जारी राखेको थियो ।

रिभोलुसनरी गाड्र्सले अमेरिकी सेनाको उपस्थितिले क्षेत्रीय सुरक्षा सुनिश्चित नगरेको दाबी गर्दै अमेरिकाले पश्चिम एसिया छाडेर सुरक्षा व्यवस्थापन सम्बन्धित राष्ट्रलाई नै सुम्पिनुपर्ने बताएको छ । दुई दशक लामो अमेरिकी उपस्थितिले क्षेत्रीय असुरक्षा, आतङ्कवाद र अस्थिरता बढाएको उसको आरोप छ ।
इराक र अमेरिकाले सन् २०२४ मा गठबन्धनको मिसन अन्त्य गर्ने सहमति गरेका थिए । त्यसपछि गठबन्धनमा आबद्ध सेना इराकभरका आफ्ना आधारबाट क्रमशः फिर्ता हुँदै आएका थिए । पछिल्लो समय उनीहरूको उपस्थिति इराकको स्वायत्त उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित थियो ।

इराकी सरकारले गठबन्धन सेनाको फिर्तीपछि इरान समर्थित शक्तिशाली सशस्त्र समूहले हतियार कायम राख्न प्रयोग गर्दै आएको एउटा प्रमुख बहाना हटेको बताएको छ । यसैबीच इराकी प्रधानमन्त्री अली अल–जैदीले बिहीबार सशस्त्र समूहलाई आफ्ना हतियार राज्यलाई हस्तान्तरण गर्न जुन ३० सम्मको नयाँ समयसीमा घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...