मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी जाने भएका छन्
परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी जाने भएका छन्

— परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन शनिबार फिजी जाने भएका छन् ।

फिजी र टुभालुमा १९–२० असोजमा हुने प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल शनिबार फिजी जाने भएको छ । उनले २० असोजमा लिडर्स प्लेनरीमा सम्बोधन गर्नेछन् ।

उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सहभागिता जनाएपछि खनाल अस्ट्रेलिया जानेछन् । उनले २२ असोजमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराले छुट्टाछुट्टै आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

खनाल २६ असोजमा नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै ...
— मनाङको नार्पाभूमिको हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन भएकामध्ये थप ८ जनाको शव बिहीबार भेटिएको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । हिमपहिरोमा पुरिएका अझै एक जना अझै सम्पर्कविहीन छन् । बिहीबार भेटिएका ८ शवमध्ये ६ वटा फु गाउँमा र २ वटा शव सदरमुकाम चामे ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन् । ‘फाँसीजम वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएको रहेछ । हामी अहिले ...
— भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप ...
। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहत विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम