मुख्य समाचार
वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग
वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग

: पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरगन्जले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको भए पनि वीरगन्जमै रहेको देशकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्धारा र सँगै रहेको टीबी शाह क्रिकेट मैदान निर्माणका लागि सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे। उनले खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगन्ज अझै उपेक्षित नै रहेको बताए।

उनले नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसका लागि सरकारलाई धन्यवाद दिए। तर, उक्त रकम पर्याप्त नभएको भन्दै उनले आगामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै वीरगन्जकै टीबी शाह क्रिकेट मैदान निर्माणका लागि पनि आवश्यक बजेट तत्काल सुनिश्चित गरिदिन सरकारसगँ माग गरे।


साथै, नारायणी रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी विषयलाई पनि यथाशीघ्र सम्बोधन गरिदन आग्रह पनि उनले गरे। सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा रकम लिएर आफ्नो जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको भन्दै उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराए।

जग्गा मुआब्जाको प्रक्रिया लामो समयसम्म अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासको काम प्रभावित भइरहेको भन्दै रास्वपा सांसद कानुले सरकारले यस विषयलाई प्राथमिकताकासाथ अघि बढाउनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका चार खेलाडीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन् । आइची इन्टरनेसनलमा भएको खेलमा महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन् । महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम ...
। भारतीय टोली एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४५ रनमै अलआउट गरेर फराकिलो जित निकाल्दै भारतले पाकिस्तानसँगको स्वर्ण भिडन्त पक्का गरेको हो । भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भएको हो । नुवानिदु फर्नान्डोले सर्वाधिक १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन ...
। नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ । जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक खेलमा मात्र बलिङ गरेको ...
। नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन् । भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिकाअनुसार नेपाल ए टोलीले डिसेम्बरमा पुरुष टी–२० शृङ्खला खेल्नेछ भने महिला टोलीले जनवरीमा महिला टी–२०आई शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ । नेपाल ए ले डिसेम्बर ४ देखि १३ सम्म हुने गेलेफु पुरुष टी–२० शृङ्खलामा ...
। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले भुटानलाई ६४ रनले पराजित गर्‍यो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । गण्डकीले दिएको १९७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ४ बलमा १३२ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम