मुख्य समाचार
वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग
वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग

: पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरगन्जले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको भए पनि वीरगन्जमै रहेको देशकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्धारा र सँगै रहेको टीबी शाह क्रिकेट मैदान निर्माणका लागि सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे। उनले खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगन्ज अझै उपेक्षित नै रहेको बताए।

उनले नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसका लागि सरकारलाई धन्यवाद दिए। तर, उक्त रकम पर्याप्त नभएको भन्दै उनले आगामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै वीरगन्जकै टीबी शाह क्रिकेट मैदान निर्माणका लागि पनि आवश्यक बजेट तत्काल सुनिश्चित गरिदिन सरकारसगँ माग गरे।


साथै, नारायणी रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी विषयलाई पनि यथाशीघ्र सम्बोधन गरिदन आग्रह पनि उनले गरे। सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा रकम लिएर आफ्नो जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको भन्दै उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराए।

जग्गा मुआब्जाको प्रक्रिया लामो समयसम्म अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासको काम प्रभावित भइरहेको भन्दै रास्वपा सांसद कानुले सरकारले यस विषयलाई प्राथमिकताकासाथ अघि बढाउनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...