: २० औं जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ । बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका चार खेलाडीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन् ।
आइची इन्टरनेसनलमा भएको खेलमा महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भइन् । महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोको आधारमा पराजित भएकी हुन् ।
पुरुषतर्फको ६६ केजीमूनी विशेष विक हङकङकै वोङ काकीसँग वाजा अरीको आधारमा पराजित भए । यस्तै, ६६ केजीमूनी इप्पोनकै आधारमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग पराजित भएका छन् ।
अब, नेपालबाट पुनम श्रेष्ठले ५२ केजीमूनी र सुजन गुरुङले ९० केजीमूनि बिहीबार खेल्नेछ।